Skip to content

प्रिय ! तिम्रो आँखा पनि यति पोखियो


प्रिय ! तिम्रो आँखा पनि यति पोखियो कि आज
त्यही आँसुले मेरो सबै पाप चोखियो कि आज !

झरी पर्न थालेपछि तिम्रो आँखामा-
धरतीमा घाम आउने बाटो रोकियो कि आज !

दुवै मिली जोड्यौं कति मायाँ जिन्दगीमा-
जोड्दा जोड्दै मायाँ सित मायाँ ठोकियो कि आज !

खेल्यौं कति जूनसित जूनको आँगनीमा –
खोकिलामा लुकाएर जूनै बोकियो कि आज !

बूँद बूँद सम्हालेर राख्न सम्म राखे पछि –
पिरतीका बूँदहरु धेरै जोखियो कि आज !

पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *