प्रिय ! तिम्रो आँखा पनि यति पोखियो कि आज
त्यही आँसुले मेरो सबै पाप चोखियो कि आज !
झरी पर्न थालेपछि तिम्रो आँखामा-
धरतीमा घाम आउने बाटो रोकियो कि आज !
दुवै मिली जोड्यौं कति मायाँ जिन्दगीमा-
जोड्दा जोड्दै मायाँ सित मायाँ ठोकियो कि आज !
खेल्यौं कति जूनसित जूनको आँगनीमा –
खोकिलामा लुकाएर जूनै बोकियो कि आज !
बूँद बूँद सम्हालेर राख्न सम्म राखे पछि –
पिरतीका बूँदहरु धेरै जोखियो कि आज !
पोखरा
