पाएको थें खुशी सारा दिलाउने साथी
च्यातिएको मुटु सँगै सिलाउने साथी !
थाहा छैन कहाँ गयो, कता हरायो –
उकालीमा चिसो पानि पिलाउने साथी !
सिमलीको छाया मुनि सितलमा बसी
निदायो कि घैया बारी जिलाउने साथी !
सालको पात बजाउँदै झर्यो कि त बेसी
दु:ख परे पनि सधैं झिल्मिलाउने साथी !
हाँसोभित्र दुख्छ कति आँसु भित्र-भित्र
भन्थ्यो मेरो मन भित्र मन मिलाउने साथी !
