Skip to content


पत्र पुरानै मात्र खाम नयाँ
दिन उस्तै हो मात्र घाम नयाँ ।

खै, के फरक भो हिजो र आज
शब्द फेरियो मात्र नाम नयाँ ।

नयाँ बोतलमा रक्सी पुरानै
मान्छे उही हुन् मात्र लाम नयाँ ।

कान बन्द गरूँ कि अन्धो बनूँ म
तिमी फलाक्छौ मात्र भाम नयाँ।

भ्रम कि तिम्रो कि अभिनय यो
भन त एउटा मात्र काम नयाँ ।

इन्द्रपुर-1, खोर्सानेचोक, मोरङ
@मोवाइल 9753004360/9743001406

न्यूज टुडे, राजविराज

Leave a Reply

Your email address will not be published. Required fields are marked *