Skip to content

विविध-विधा

DilliPrasadKharal-02

आफ्नो मन आफैँभित्र

आफ्नो मन आफैँभित्र दुखाई हिँड्छौ कति दिन
आफ्नो कमीकमजोरीलाई लुकाई हिँड्छौ कति दिन

बगरको ढुङ्गा जस्तै मिल्काएर जिन्दगीलाई
वेदनाका आँशुहरू सुकाई हिँड्छौ कति दिन

दुई मुक्तक (नदी पल पल नया)

नदी पल पल नया बनेर आफ्नो लक्ष्य बगिरहन्छ
समय पल पल नया बनेर आफ्नो अक्ष्य घुमिरहन्छ
परिवर्तन खोजिरहन्छन प्रकृतिका सम्बाहकहरू
तिम्रो बिचार नया बनाऊ समाज नया अवश्य बनिरहन्छ ।

नीक लागय (अवधी)

लहरत चोटिया मे झुम रहा बरवा, की बड़ा नीक लागय
लेत ह्य जान तोहरे अखेंकै कजरवा, की बड़ा नीक लागय

बाजत ह्य पयालिया तोहर न करो तु ठिठोली ,
पुर्बी बयारिया न उडाय ले अचारवा , की बड़ा नीक लागय

सेना कै नौकरी है , हँ हमहू मजबुर बडा
लौट अइहैं फिर से सवानमे सजनवा, की बड़ा नीक लागय

न जव तु अकेले जंगल मे लकडी लेय
हंस हंस बरषे तुहैं देख के बदरवा, की बड़ा नीक लागय

होलियामे न रहब हम काव करी ,
हसिं खेलीहो न भिजैहो नयनवा , की बड़ा नीक लागय
#azzay #अवधी #awadhi

झुक्दैनन् नेपाली कसैसँग

झुक्दैनन् नेपाली कसैसँग झुकाउने कोशिस नगर
समुद्रका अबिरल छाल हुन् सुकाउने कोशिस नगर

नाकाबन्दी गर्यौ किन गल्ती हाम्रो छैन कुनै
एउटा असल छिमेकीलाई दु:खाउने कोशिस नगर

अमरसिंह,भक्ति थापा वीरहरूका संतान हामी
हिमाल जस्तै अटल छौं नुघाउने कोशिस नगर

दुई मुक्तक (तिमी जस्ती कन्या पाए)

एक

तिमी जस्ती कन्या पाए घर बार बन्न सक्छ
तिम्रै मनको मझेरीमा दरबार बन्न सक्छ
आपसी विश्वासको खडेरीमा हाम्रो सम्बन्ध
एक अर्कालाई सिध्याउने तरवार बन्न सक्छ ।

सयपत्री र मखमली माला

सयपत्री र मखमली माला गाँसेर आऊ दिपावली
म रोएर केभो र तिमी हाँसेर आऊ दिपावली

निराशाले ढाकेको कालो बादल हटाउँदै
शत्रु बैरी दु:ख कष्ट मासेर आऊ दिपावली

पवन मर्यो-मुक्तक

पवन मर्यै भन्छन उस्का झोक्का म कहाँ खोजुँ
चट्क्कै भुली तिम्रो स्पर्ष ती पीडा यी कसरी म भोगु
त्यो खोला त्यो बनको सुहाग मैले फेरि फर्काउन
भन ए प्रकृति!म को कस्को यहाँ शिर फेरि तोडुँ??

नयाँ सरकार (गजल)

राष्ट्रको शीर बैरीसामु झुक्न नदेऊ नयाँ सरकार
देश प्रतिको जिम्मेवारी चुक्न नदेऊ नयाँ सरकार

शहिदले रगत बगाइ सिर्जिएको नेपाल हाम्रो
दुश्मनलाई वरिपरि ढुक्क नदेऊ नयाँ सरकार

तिहार

यो साल पनि आयो तिहार परदेशमा हुँदै
भाइको निधार खाली सम्झी दिदी बस्लिन् रुँदै
मखमली सयपत्री फुले तिम्रो पर्खाइमा
भन्दै गर्लिन है दिदी मेरो तस्बिरमा छुदै

अर्कै भए त्यो दिलभित्र

अर्कै भए त्यो दिलभित्र मरिदिउँला म
संसार छोडी स्वर्ग तिरै सरिदिउँला म

तिमी टाढा भएपछि नबोलाए कालले
बरु कसम आत्महत्या गरिदिउँला म

तिम्राे खुसी लुट्न कहाँ सक्छु र

तिम्रो खुसी लुट्न कहाँ सक्छु र म जानी जानी
सिसा जस्तै फुट्न कहाँ सक्छु र म जानी जानी

उस्ले जस्तै मैले पनि गर्नु पर्छ भन्ने छैन
आफ्नै छाती चुट्न कहाँ सक्छु र म जानी जानी

DilliPrasadKharal-03

तिम्रो तस्वीर हर शहरमा

तिम्रो तस्वीर हर शहरमा देख्छु अचेल
तिमीलाई मैले हर रहरमा देख्छु अचेल

एकान्तमै टोलाएर बसेपनि सधैँ म
तिम्रो मुहार हर प्रहरमा देख्छु अचेल

SanjaySRLimbu

चर्को घाममा बाँझो खेत जोत्दै

चर्को घाममा बाँझो खेत जोत्दै होला मेरो बाबा
परदेशीलाई मेरो खबर सोध्दै होला मेरो बाबा

मिठो खानेकुरा खादा मेरै याद आउँदो होला
झर्न खोज्ने आँशुहरू रोक्दै होला मेरो बाबा