चर्को घाममा बाँझो खेत जोत्दै होला मेरो बाबा
परदेशीलाई मेरो खबर सोध्दै होला मेरो बाबा
मिठो खानेकुरा खादा मेरै याद आउँदो होला
झर्न खोज्ने आँशुहरू रोक्दै होला मेरो बाबा
सुख पाउने सपना देखी आएकोथेँ परदेशमा
एकदिन सुख आउछ भनी सोच्दै होला मेरो बाबा
आजभोलि रोगिँदै जादैछन रे मेरी आमा
भत्किएको घर माटोले पोत्दै होला मेरो बाबा
सञ्जय एस आर लिम्बु
तेह्रथुम सिम्ले -४ लिम्बुवान नेपाल
हाल सरगम संगीतालय बिर्तामोड झापा
