तिम्रो याद आज गजल बन्दै छ
म होइन आज कलम बोल्दै छ
मनभित्र भरिएका पत्र पत्र भावनाहरू
कत्ति पनि लाज नमानी शब्द खोल्दैछ
साथीत्वलाई साथी सोचे प्रेमलाई प्रेम
यो मन आज लाजै नमानी दुवै घोल्दैछ
भावनाको ज्वारभाटा मनले थामीराथे
अक्षर बनी बाहिर अाउन यो मन पोल्दैछ
तिम्रो याद आज गजल बन्दै छ
म होइन आज कलम बोल्दै छ
सुरेन्द्र तिवारी
मुदीकुवा-४, पर्वत
हाल – कीर्तिपुर, काठमाण्डौं
