विकृत राजनीतिलाई झापड : ‘सीमान्त विचलन’ उपन्यासबाट
आजपर्यन्त उपलब्ध भएका नेपाली उपन्यासको गति र प्रगतिलाई सूक्ष्मरूपले सिँहावलोकन गरेको खण्डमा नेपाली साहित्यमा आख्यान विधाको परम्परा निकै लामो भैसकेको छ । उपन्यासकार शक्तिवल्लभ अर्यालको महाभारत विराटपर्वदेखि वर्तमान समयमा प्राप्तभएका थुप्रै नेपाली शैली, ढप, बान्की, विषयवस्तु र प्रयोगोन्मुख उपन्यासमा अनेकानेक प्रवृत्ति र प्रतिभाहरूको लामलस्कर नै लागेको छ । आजको नेपाली उपन्यासलाई यस पृष्ठभूमिमा लेराउन विभिन्न कालखण्डका कलमविरहरूको अनेकौं बुद्धितत्व र लगनले उत्साहपूर्वक काम गरेको छ भनेर हामी सहजै भन्न सक्ने अवस्थामा छौं ।

आकाँक्षाको चिता नाटक (२०६९)का नाटककार माधव फोख्रेलजी आज हाम्रो अघि कवि भएर देखा परेका छन् । उनको यो दोस्रो कृति समीक्षाको लागि मेरो हातमा परेको छ । माधवजीसँग मेरो दोस्रो पटकको साक्षात्कार हो । तनमुना ६ जिल्ला सुनसरीमा स्थायी बसोबास गर्ने माधवजी, हाल हेटौडा–४, मकवानपुरमा बस्दै आउनु भएको छ । उहाँ एक सरल तथा साधरण व्यक्तित्वका धनी हुनुहुन्छ । समयलाई पहिचान गर्दै, सरल र सहज भाषामा लेख्न सक्ने उनको कला हो । माधवजीको कविता लेखन शैली समाजको गतिलाई र परिवर्तनको मार्ग पहिल्याएर सत्यतथ्यको आधारमा सजीव चित्रण गर्न सिपालु छन् भन्ने प्रमाण, उहाँको यो रित्तिएको गाउँ कवितासङ्ग्रहले सुचना प्रवाह गरेको छ ।
पतिको मृत्युले शोकाकुल भएकी बिधवालाई आँशु पुछिदिन र सान्त्वनाका शब्द व्यक्त गर्न गाउँभरिका सबै आए । गाउँले युवक जति सबैले नरोऊ भाउजू, दु:ख-सुखमा साथ दिने हामी छौं नि भन्दै आत्मीयता देखाए । जब बिधवाले पतिको शेष पछि अब घरको ऋण कसले तिरि देला भन्दै रुन थालिन्, अघि भर्खरसम्म आफ्नै हातले उनको आँशु पुछिदिएका युवकहरू आ-आफ्ना घर पुगिसकेका थिए । बिधवा खुब रोइन् तर उनको ऋण तिरिदिन्छु भन्न कोही आएनन् । आज नेपालको अवस्था तिनै बिधवाको जस्तो भएको छ ।
आज दिउसो खाना खाने समयमा हामी नेपाली कामदारलाई हाम्रो देश नेपालको हालको परिस्थिति बारे कम्पनीको म्यानेजरले सोध्यो। हामी मौन रह्यौ। कारण हामी नेपाली भएको हैसियतले जुन पीडा र व्यथा हाम्रो हृदयमा छ त्यो न बोलेर भन्न सकिन्थ्यो न खुलेर बताउन सकिन्थ्यो न त हाम्रो आँखामा मनको वेदना अरु विदेशीले बुझ्न नै सक्दथ्यो। त्यो पनि यस्तो महाभूकम्पमा महाविपतिको यो बेला जब हजारौ हाम्रो आफन्तले अकालमा ज्यान गुमाउनु परेको छ, हजारौ बालबालिका अनाथ भएका छन्, हजारौ घरबार बिहीन भएका छन भने हजारौले अंगभंग हुनु परेको छ, यस्तै कुरा मनमा गुनिरहदा एक्कासि म्यानेजरको एउटा प्रश्न र हाम्रो देश प्रतिको उसको दृष्टिकोणले म स्तब्ध भएँ।
२०७२ बैशाख ११२ गते ११ः५६मा महाविनासकारी महाभूकम्प गयो । यस महाभूकम्पले गोरखा, सिन्धुपाल्चोक र काठमाडौंमा सबैभन्दा ठूलो विध्वंश मच्चायो । यस महाभूकम्पले मध्यमाञ्चलभरिनै वितन्डा मच्चायो ।
नेपाली कथा साहित्यमा पछिल्लो समयमा कृष्णश्री राईले कथा सङ्ग्रहका रूपमा ‘बौलाही आमा र सुनौला मुस्कानहरू’ बजारमा ल्याएका छन् । दुर्गम पहाडी जिल्ला खोटाङ अनि शिक्षण कार्यसँग सम्बद्ध रहेर कृष्णश्रीले समाजको वास्तविकतालाई खोतल्ने प्रयास यस कथा सङ्ग्रहमार्फत् गरेको देखिन्छ । ‘बौलाही आमा र सुनौला मुस्कानहरू’ कथा सङ्ग्रह वर्तमानको सम्बोधन हो, भूतलाई चिहाएर युगलाई बदल्ने मोफसलको गतिलो झापड ।
म आफ्ना दुई छोरीका साथमा ठिक समयमा सरकारी विद्यालय परिसरमा प्रवेश गर्छु । आफ्नो हाजिरी बनाउँछु । खेलिरहेका विद्यार्थीसामु पुगी अभिवादन साटासाट गर्छु । अनि कार्यालय सहयोगीले घण्टी बजाई दिएको सङ्केतअनुसार दैनिक शिक्षणीय कर्ममा जुट्छु । सर्वप्रथम कक्षाकोठामा विद्यार्थीहरूलाई पल्टाउँछु । उनीहरूका तत्कालीन मनोविज्ञानका एकएक पत्र पढ्ने कोशिस गर्छु । तीमध्ये कतिपय पारिवारिक झमेलामा अल्झिरहेको पाउँछु । कतिपय सही सल्लाह र सुझावको अभावमा बेहोसी जीवनशैली अपनाई गरिरहेका भेट्छु । तिनीहरूलाई उचित मार्गनिर्देशन दिँदै अध्ययनमननमा उत्साहित गर्छु ।
पद्यका कविता, गीत, गजलभन्दा गद्याख्यान विधाका कथा र उपन्यासको बोलवाला चलिरहेको वर्तमान साहित्यिक सन्दर्भमा पाठकीय माग बमोजिम नै लेखकहरू कथा सिर्जनामा आकृष्ट भइरहेछन् । कविता भन्नासाथ नाक खुम्च्याउने प्रकाशकहरू पनि कथाका किताबहरू भने टपक्कै टिपेर थपक्कै छापिरहेछन् । उपभोक्तावादी, व्यवसायिक दृष्टिले बजार भएरै लेखक र प्रकाशक कथातिर यसरी एकोहोरिएका होलान् ! नेपाली कथा प्रकाशनको क्रममा अर्को कथासङ्ग्रह थपिएको छ —सुलोचना । बेलवारी—४, मोरङका कथाशिल्पी केशु विरहीको ‘सुलोचना’ भित्र जम्मा १५ थान कथाहरू सङ्गृहित छन् ।
लीला ‘उदासी’ खनाल (२००६) झापाका साहित्यिक समाजको एक सुपरिचित नाम हो । झापाली राजनीतिक आन्दोलनसँगै यहाँको साहित्यिक गतिविधिमा ओर्लिएको उनको इतिहास छ । आज उदासीलाई झापामा ‘वाम’ आस्था राख्ने एक प्रबुद्ध सचेतक, मिष्टभाषी, नीरक्षीर न्यायका पक्षधर कानुनवेत्ता र विचारकका रूपमा पनि मानिन्छ । विनयी, मृदुभाषी, न्यायप्रिय र आफ्ना विचारहरूलाई अकाट्यसँग राख्न सक्ने क्षमता भएको कारण लीला ‘उदासी’ झापाका आदरणीय व्यक्तिका रूपमा पनि सुपरिचित छन् । साहित्येतर क्षेत्रमा उनको व्यक्तित्व जति प्रखर छ साहित्यमा पनि त्यो व्यक्तित्व त्यत्तिकै प्रखर र सचेतक छ ।