Skip to content

विश्लेषण/समालोचना

शैक्षिक जिज्ञासालाई उत्तर

आदरणीय अभिभावकज्यू,

म तपाईंकी छोरी सामना पढ्ने विद्यालयको अध्यापक हुँ । आज म शैक्षिक प्रशासन र शिक्षण कार्यका दौडानमा आएका तपाईंका गुनासाहरूलाई सम्बोधन गर्न अग्रसर भएको छु । यस पत्रले बालबालिकाहरूका क्रियाकलाप र शिक्षक वर्गका अध्यापन प्रकृया सम्बन्धी आम अभिभावकवर्गमा जरा गाडेर बसेका गलत धारणाहरूलाई हटाएर नवीन शैक्षिक चिन्तन ल्याउने तर्फ गम्भीर पार्ने छ । साथै, शैक्षिक नीति निर्माताहरूलाई समेत केही हदमा गम्भीर पार्ने कुरामा आशावादी हुँदै एक किसिमको शैक्षिक चिन्तन अगाडि सार्दै छु ।

BijaySagar

क्रान्तिकारी विश्वेश्वर महाकाव्य : मेरो आँखामा

केही महिना अघि बुटवलमा भएको एउटा साहित्यिक कार्यक्रममा बहिनी कृष्णादेवी शर्मा श्रेष्ठले प्लाष्टिक कागजले बेरिएको मोटो मोटो पुस्तक मेरो हातमा दिंदै भनिन् – दाजु ! यो तपाईंलाई । आफ्नो हातमा लिएर प्लाष्टिक खोलेर पुस्तक हेरें । स्वयं कवयित्री कृष्णादेवी शर्मा श्रेष्ठद्वारा लिखित क्रान्तिकारी विश्वेश्वर महाकाव्य रहेछ । नेपालको हर क्षेत्रमा विशेष गरेर राजनीतिक र साहित्यिक क्षेत्रमा विश्वेश्वरप्रसाद कोइरालालाई नचिन्ने मान्छे विरलै होलान । यस्ता महान व्यक्तित्वलाई नायक बनाएर लेखिएको क्रान्तिकारी विश्वेश्वर महाकाव्य पाएर म मख्ख परें । तर जब मैले महाकाव्यको आकर्षक मुखपृष्ट पल्टाएँ । अर्को पानामा लेखिएको थियो – दाजु ! समीक्षार्थ समर्पित । म झसङ्ग भएँ । साहित्यमा रूचि राख्ने म त एक सामान्य पाठक पो हुँ । समीक्षक त हैन । तर मैले मनमनै भने बहिनीले स्नेहसाथ समीक्षार्थ भने पनि पाठकीय टिप्पणी चाहि पक्कै लेख्छु । त्यही अठोट अनुसार महाकाव्य पढें ।

शिक्षकको खोजीमा भौतारिँदा

म कक्षा–६मा अध्ययनरत् छात्रा हुँ । मैले सम्पूर्ण संसार देखेकी पनि छैन । भोग्नु त परै जाओस्, त्यत्ति सुनेकी पनि छैन । संस्थागत विद्यालयभन्दा बाहिरको कुरा उत्ति साह्रो बुझेकी पनि थिइनँ किनभने मैले निजी विद्यालयबाट नै शिक्षा आर्जन प्रारम्भ गरेँ ।। मैले ए, बी, सी डी….बाट पढ्न सिकेँ । धेरै पछि मात्र क, ख, ग, घ पढ्न जानेँ । मसँग किताबबाट आर्जन गरेका थुप्रै अनुभव छन् तर आफैंले अनुभूत गरेका कुराहरू भने ज्यादै थोरै छन् । सानैदेखि कम्प्युटर चलाउन सिक्न पाइयो । शैक्षिक वातावरण भएको परिवारमा रहेर किताबी ज्ञान लिन पाइयो ।

रामनवमी

त्रेतायुग अयोध्याका रघुबशीं राजा दशरथका जेष्ठ पुत्र मर्यादापुरूषोत्तम श्रीरामको जन्म चैत्र शुल्कपक्ष नवमीमा, पुनर्वसु नक्षत्र कर्कट लग्न, सूर्य मेष राशि रहेको बेला मध्यान्ह बाह्र बजे रानी कौसल्याको कोखबाट भएको थियो। भगवान श्रीबिष्णुको अबतारको रूपमा पृथ्वीमा अवतरण भएको मानिएका राजा श्रीरामबाट अन्याय अत्याचारको पराकाष्ट नाघिरहेको लंकाका राजा मानिने राक्षसी प्रवृतिको रावणलाई वध गरी धर्म, शान्ति र सु-शासनको पाठ समस्त पृथ्वी मानव जातिलाई दिएका थिए। यसर्थ युगौंदेखि श्रीरामको जन्म जयन्ती सारा हिन्दूधर्मावलम्वी लगायत ॐकार परिवार अन्तरगत सबैले मनाउदै आइरहेका छौ। मर्यादा पुरूषको रूपमा परिचित श्रीरामको शासनकाल न्याय, शान्ति, सम्बृद्दि र मानव विकासको पराकाष्ट उपमा रामराज्यको रूपमा लिने गरिन्छ।

भाषाका पदवाक्यको अध्ययन

भाषा भनेको मानिसको अन्तर्मनको भाव वा अर्थ खुलस्त गरी अन्य वक्ताका माझमा संप्रेषण गर्ने सधान हो । मान्छेका मनभित्रका विचार र भावहरूलाई ध्वनि, लेखन वा हाउभाउ आदि चिन्ह वा संकेतहरूका माध्यमबाट बोकेर बाहिर अर्को त्यस्तै प्रयोगकर्ताका साथ हुत्याइदिने काम भाषाको हो । धेरै वा थोरै कुरा किन नहुन् ती कुराहरूलाई स्पष्ट बुझिने गरी अभिव्यक्त गर्न भाषिक कोटीको वाक्यको खाँचो पर्छ । अन्य वक्ताका साथ भावपूर्ण रूपमा प्रकाश गर्ने काम वाक्यबाट हुन्छ । वाक्य भन्नु अनेकौं सार्थक पदहरूको नियमपूर्वकको श्रृङ्खलाबद्ध एकात्मक संरचना हो ।

KumarYatru

कृष्ण प्रधान : देउराली भाकेर पानी जोखाना

कवि कृष्ण प्रधानको जीवन र काव्ययात्रामा विरोधाभाषपूर्ण स्थितिबाट अगाढि बढिरहेको छ । एकातिर प्रशासनिक संयन्त्रको विशिष्ठ जिम्मेवारी अर्कोतिर स्वतन्त्र, स्वायत्त सिर्जनात्मक क्रिया आफैमा नदीका दुई भँगाला छन् । तथापि कवि प्रधानको पहिचान, व्यक्तित्वको सगरमाथा लेखकीय फाँटमा नै चुलिएको छ । राष्ट्रिय ढुकुटीको व्यवस्थापन गर्ने विशिष्ठ प्रशासनिक पदको सामाजिक मर्यादाभन्दा दीगो भएर साहित्यिक कित्तामा उनको नाम, सुवास फैलिएको छ ।

फागुन-पूर्णिमा अर्थात होली

‘प्रेमको रंग यो चन्दन सरी
रंगमै डुव्ने चाड हाम्रो दिनैभरि ..’
ए सररर्र… ..

होली अर्थात फागुन पूर्णिमा बिभिन्न रंगबाट घरका आफूभन्दा ठुलो मान्यजनबाट आशीर्वादको रुपमा टीका लगाई दिदै, परिवार भित्रका सदस्यहरूले एकले अर्कालाई स्नेह, माया, सदभावको रुपमा रंगबाट मायाको साटासाट गर्न अनुहारमा सप्तरंगी रंग दल्दै शुभकामान दिने र पकाएर राखिएको दाल पुरी, सेल रोटी, अनेकौ किसिमका मिठाई जस्ता खानेकुराको परिकार बनाई खुवाउने तथा गाउ छिमेकी, आफन्त, साथीभाइहरूसँग मादलको तालमा नाचगान गर्दै एकले अर्कालाई बोलाएर खुवाउने चाड हो यो ।

शिक्षा क्षेत्रका अनुभूति रसिला पक्ष

मैले २०५० सालदेखि नै निजी विद्यालयमा शिक्षण सुरुआत गरेको थिएँ । शिक्षण क्षेत्रमै रमाउने मनले अरु विभागमा जागिर खान खोजिएन । बी.एड र एम.एड.जस्ता शैक्षिक योग्यता हासिल गरी मावि तहको शिक्षण अध्यापन–पत्र हातमा लिएर पनि म सरकारी जागिर खाने मनोकाङ्क्षालाई साकार रूप दिन सकिरहेको थिइनँ । विज्ञापन खुलेको थिएन । २०५२ सालको शिक्षक विज्ञापनमा प्राथमिक र निम्न माध्यमिक तहमा परीक्षा दिन पाएको थिएँ । दुवैमा अन्तरवार्ता दिने मौका पाए पनि छनोटको सौभाग्य मिलेन ।

फस्टाउँदै भ्रष्टाचार र मौलाउँदै जनविस्वास

भ्रष्टमा आचार प्रत्यय लागेर बनेको भ्रष्टाचारको अर्थ हुन्छ नियम वा कानून विरुद्ध नैतिक पतन हुने गरी घूस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनशाय वा घूसखोरीको काम, पतित आचरण अथवा दूषित मर्यादा । बहुप्रचलित यस शब्दको अर्थ नबुझ्ने मानिस सायद बिरलै होलान् । नहुनु पनि किन ? बिहान उठेदेखि बेलुका सुतुञ्जेलसम्म कोही यसको सिकार भएका छन् भने कसैले सिकार गरेका छन् । कोही नियम कानूनले निषेध गरेका यस्ता कार्यहरू गर्न प्रेरित गरिररहेका छन् भने कोही व्यक्तिगत स्वार्थ र महत्वाकाङ्क्षा पूर्ति गर्न वा समाजमा रोवरवाफ देखाउनका लागि पनि यस्ता कार्यहरू गर्न अग्रसर देखिन्छन् । भ्रष्टाचार सुशासन र सभ्य समाज निर्माणको बाधकको रूपमा रहेको छ ।

भूपी, क्रिकेट र ब्रेडमन

ऊ सर्वाङ्ग सेतो र छरितो लुगा लगाएर ब्याटिङ गर्न क्रिजमा उभिएको थियो । ऊ कुन क्रममा ब्याटिङ गर्न खेल मैदानमा प्रवेश गर्‍यो, मैले थाहा पाइनँ । कुन स्थानमा ऊ ब्याटिङ गरिरहेको थियो, त्यो पनि मैले थाहा पाइनँ । उसको अर्कोपट्टि क्रिजमा को उभिइरहेको थियो, मैले ध्यान दिइनँ । उसको विकेटपछाडि को थियो, त्यो पनि मैले याद गरिनँ । मैदानभरि छरिएका फिल्डरहरूलाईर् देखेर पनि सायद देखिनँ । मैले उसलाईर् हेरें, हेरिरहें । कारण ऊ मैले देखेका मानिसहरूभन्दा बेग्लै थियो- कताकता जापानीजस्तो, अनेपालीजस्तो, अपोखरेलीजस्तो…।

मार्च ८सँग जोडिएको महिला आन्दोलन

आजभन्दा १०५ वर्ष अगाडि न्यु-र्योर्कमा समाजवादी विचारका केही साहसि महिलाहरूले आफूले काम गर्ने कारखाना सुधारको माग राखी गरेको हड्तालले बिजारोपण्ँ गरेको महिला दिवस अहिले विश्व भरिनै झाङिदै गएको छ । नारीवादी आन्दोलनका छालहरू बिभिन्न बेग र उचाई लिएर समय सापेक्ष आवाजका साथ उठिरहेका छन् । यो क्रम अहिले पनि जारिनै छ । विश्वभरिमा कुनै पनि त्यस्तो मुलुक वा क्षेत्र नहोला जहाँ महिलाको उपस्थिति नरहेको होस् ।

एसएलसी परीक्षा : शिक्षक कि विद्यार्थीको ?

फलामे ढोका अर्थात् आइरन गेट । पहिलेको मेट्रिक र अहिलेको एसएलसी । दशवर्षको अभ्यासपछि विद्यार्थीले नाघ्नु पर्ने एउटा अग्लो पर्खाल—ग्रेटवाल ।पहिले माघमा र अहिले चैतमा लाग्ने एकहप्ते वार्षिक मेला । शहरतिरको कुरा त के छ ! गाउँतिरका परीक्षा केन्द्रहरूमा भने ठूलै भीडको वार्षिकोत्सव ! नआउँने को होला यहाँ ? परीक्षार्थीको ठ्याक्कै दोब्बर संख्याका अभिभावकहरू, भएभरका स्थानीय नेताहरू, स्थानीय जुल्फे र मुन्द्रेहरू । शिक्षक र प्र.अ.हरू पनि हुलका हुल—पालो गरी गरी । गणितको दिन त निमाविदेखि उमाविसम्मका तीन—तीनजना गणित शिक्षकहरू ।

विभेद : शिक्षक र कर्मचारीमा आलेख

गाह्रो छ विश्वास गर्न अहिले —के जमाना त्यस्तो पनि थियो र ? ब्रम्हा, विष्णु र महेश्वर तीनै देवता गुरू नै थिए । बाजेका पालाका त्यस्ता “गुरू” आज हाम्रा पालामा पातलिँदै र खिइँदै गएर यस्ता “शिक्षक”मा रूपान्तरण भएका छन् । अमूल्य ज्ञानदाता र सर्वपूज्य त्यस्ता “गुरू” किन आज यस्ता निरीह र अदना “शिक्षक” भए ?डाक्टर, इञ्जिनियर र पाइलट बनाउँने शिक्षक । हाकिम, प्रशासक, सचिव र मुख्य सचिव बनाउँने पनि शिक्षक ।यस्तै—नेता, सभासद्, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बनाउँने पनि शिक्षक । यो संसारको कुनचाहिँ महामानव शिक्षकको निर्माणबाट अछुतो रहेको छ र ? खोलो तर्यो, लौरो बिस्र्यो : हाम्रो संस्कार । नदी तारिदिने माझीलाई बिर्सने नेपाली मानसिकता !

अलपेश्वर बाबा–ज्ञादीको गर्व

पर्वत जिल्लाको सदरमुकाम कुश्माको पूर्वपट्टि २ कि.मि. को दुरीमा एउटा सुन्दर उपत्यका छ । पश्चिममा मोदी खोला र अत्यन्त सुन्दर नगरी सदरमुकाम कुश्मा, उत्तरमा माछापुछ्रे हिमालको आकर्षक सादा देखिरहने हिम शृङखला, दक्षिणमा यही जिल्लाको रुग्दी र शंकर पोखरी गाउँ र पूर्वमा वितलवत कार्कीनेटा, ठूली पोखरी, खौला लाकुरी आदिको बीचमा रहेको अति आकर्षक सुन्दर नगरी जसलाई ग्यादी भनिन्छ । पातिहाल्ना, चपाईफाँट, कटुवा चौपारी, कुजे विसाउना, हटिया, लम्पाटा सुवेदी चौर झाप्रेवगर, मोदीवेणी, चापटारी, कालीमाटी, नुआर वितलव, बडहरे, माझिगाउँ, सिल्मी, बुमी, आदि यहाँका स्थानीय र छिमेकी नामहरू हुन् । मोदी खोलाले अंकमाल गर्दै बगेको छ । मल्याङदी र “चिन्ने” नाम गरेका दुई खोलाहरूले बीचमा राखेर सिंचित गरिहेछन् ।

book cover

थिएटर र आँखाहरु यहाँहरु माझ

समाजका सुन्दर कुरालाई टपक्क टिपी मञ्चन गर्नु र समाजका बिकृती र बिसंगतीलाई सु सुजीत गरी सिङ्गो समाजलाइनै सहि दिशामा ल्यौजाने काम थिएटरले गर्न सक्छ ।थिएटर मात्र यस्तो कला हो जसमा जीवनका सारा घटना समाबेस गर्न सकिन्छ ।हाल नेपालमा यस बिधा केही ओझेलका माज पनि यदा कदा सुनिदै आएको भएतापनि मोफसलमा यसले आफ्नो गोरेटो पकड्न सकेको छैन तर नाट्य संग्रहको कुरा गर्दा सुन्यनै भन्दा फरक पर्दैन ।

सन्दर्भ भ्यालेन्टाईन डे को,सच्चा प्रेम गरौं

युवापुस्ता माझ निकै लोकप्रिय पर्व हो – भ्यालेन्टाइन डे,अर्थात प्रणय दिवस । त्यसतो युवा सायदै भेटिएला, जसलाई यसको महत्त्व र मिति थाहा नहोस । पछिल्लो समय नेपाली समाजमा घुस्दै गएको पाश्चात्य परम्परा मध्ये निकै नाम चलेको पर्व हो भ्यालेन्टाइन डे । जुन हरेक अङ्ग्रेजी वर्षको फेब्रुअरी १४ तारिख संसारभरका युवायुवतीहरूले धुमधामका साथ मनाउने गर्दछ्न ।

त्रिकालदर्शी कथाकार कृष्णश्रीका कथाहरू

विकट पहाडी जिल्ला खोटाङको पनि एउटा दुर्गम गाउँ इन्द्राणीपोखरी । अर्थात् मोफसलको पनि मोफसलमा बसेर सिर्जनारत उत्साही युवा सर्जक–कृष्णश्री राई । यिनै कृष्णगर्तका कृष्णश्री राईको नवीनतम कथासंग्रह (तेस्रो कृति सायद) बौलाही आमा र सुनौला मुस्कानहरू । विद्यालय र क्याम्पसमा अंग्रेजी पढाउँने एउटा शिक्षक–यो भन्दापर अन्य कुरा अज्ञात (पर्दाभित्रै) रहेको साहित्यिक प्रतिभा । चिच्याई, चिच्याई विज्ञापन गर्ने जमानामा आफ्नो जीवनवृत्तसमेत लुकाउँने–एउटा अतिरिक्त मान्छे । ३८० पृष्ठको ओजिलो कृतिमा आफ्नो नामबाहेक अरु सबै विवरण ओझेलमा राख्ने निस्वार्थी कथाकार कृष्णश्री राई । नामभन्दा काममा विश्वास गर्ने कर्मयोगी हस्ताक्षर ।

लुई ब्रेल र लुई लिपि

लुई ब्रेलको सम्झनामा विश्वभर ४ जनवरीको विश्व ब्रेल दिवस मनाउँदै आएको छ । लुईले दृष्टिविहीनहरूका लागि ब्रेल लिपिका आविष्कार गरेका हुन् । उनले गरेका योगदानको बारेमा चर्चा गर्नु यहाँ सान्दर्भिक होलान् भन्ने ठानेका छौं ।

सयौ वर्षसम्म अन्धाहरूले कहीँ कतै पढ्न पाएको थिएनन्, जब लुई लिपीको आविष्कार भयो अनि आँखा नदेख्ने दृष्टिविहीनहरूका लागि लुई ब्रेल देवता र लुई लिपि विश्वविद्यालय सावित भयो ।

खै त जीवनोपयोगी र व्यवहारिक शिक्षा ?

शिक्षार्जन भनेको सिकाइ हो र सिकाइ भनेको व्यवहारिक परिवर्तन हो । तर व्यवहारिक परिवर्तनको मापदण्ड र सीमा के अनि कति ? यही अनुत्तरित प्रश्नले म रन्थनिएको धेरै भयो । शिक्षार्जन गर्नु भनेको १००मा ३२, ३५ अथवा ४० अंक (त्यो भन्दामाथि पनि) ल्याएर उत्तीर्ण भै प्रमाणपत्र लिनु मात्र हो ? कि रुपैयाँमा रुपान्तरण गर्नु हो ? भौतिक शास्त्रमा स्नातकपछि शैक्षिक योजना तथा व्यवस्थापन विषयमा स्नातकोत्तर गरेर माध्यमिक शिक्षक (द्धितीय श्रेणी) को जागिर खाँदाको यो साँढे चारदशके उमेरमा पनि बुझ्न सकिन मैले – शिक्षाको परिभाषा र उपयोगिता ।

लोककथाको संकलन र लेखनमा केदार सत्यालको बठ्याइँ

अलिखित रुपमा मान्छेका गलागलामा रहेको साधारणभन्दा भिन्न, केही बठ्याँइँले भरिएको, अलिकति कलात्मकतायुक्त कथन नै लोकसाहित्य हो र यो नै आधुनिक साहित्यको पुर्खा हो । आधुनिक साहित्यको जन्म यसैबाट भएको छ । यसैलाई विद्वानहरूले आधुनिक साहित्यको जन्मथलो मानेका छन् । लोकजीवनमा समाजभित्र गरिने मनोरञ्जन, उत्सव, चाडपर्व, मेलापात, जन्ममरण आदि अवस्थामा तत्तत्त् विषयलाई सुहाउँदा कुराहरू कथेर रचिने परम्परा आज पनि समाजमा रहेकै छ । यही पुरानो परम्पराबाट लोक साहित्यको सिर्जना भएको हो । यसैले यसलाई लोकजीवनको दर्पणका रुपमा लिइन्छ । यसले लोकजीवनको इतिहास, कला, धर्म, संस्कार, संस्कृति आदिको इतिहास बोकेको हुन्छ । नेपाली लोकसाहित्यको पनि यही विशेषता रहेको छ ।