विश्लेषण/समालोचना
खरो विचारका निबन्ध
‘बलेको आगो’ शीर्षकीय निबन्धसङ्ग्रह कवि मित्रलाल पंज्ञानीको नयाँ परिचय हो । २०३७ देखि २०६५ सालसम्ममा पाँचओटा कविता कृति प्रकाशित गरिसकेका पंज्ञानीले छैठौँ कृतिका रूपमा निबन्धसङ्ग्रह प्रकाशन गरेका हुन् । यो पंज्ञानीकै लागि पनि अभिव्यक्तिको नयाँ स्वरूप हो र पाठकले पनि यसबाट नयाँ ऊर्जा पाउने निश्चित छ ।
मधुपर्क मासिक
मधुपर्क मासिक साहित्यिक पत्रिका नेपालको सरकारी मुखपत्र भएको कुरा सर्वबिदितै छ | नेपाली साहित्यिक वांगमयमा यस पत्रिका मधुपर्क मार्फत के कसो फड्को मार्यो त्यो त विश्लेषण गर्न बाकी नै छ यद्यपी जति पनि नेपाली साहित्य अगाडी बढेको छ यसमा अन्य बिभिन्न साहित्यिक संजाल र साहित्यिक पत्रिकाहरुको महत्वपूर्ण भूमिका देखिएको छ | विश्व साहित्य कोषमा नेपाली साहित्यको खासै प्रभाव देखिएको छैन | हामी नेपालीहरु खाली बंगाली, हिन्दी, चिनिया, फ्रेन्च, अंग्रेजी, रुसी, अरबी साहित्यमा अल्मलिएका छौ |
मैले यहाँ उठाएको बिषय मधुपर्क मासिक पत्रिका साहित्य प्रधान हुदा हुदै केहि निश्चित साहित्यिक समुहहरुको आफ्नै रचना कृतिहरु मात्र प्रकाशित हुने थलो पत्रिकाको रुपमा देखिएको कारणले केहि टिप्पणीहरु औल्याउन चाहन्छु |
नेपाली साहित्यिक कृति सङ्ख्या धेरै, गहिराइ कम
प्रकाशनमा संख्यात्मक बृद्धि भए पनि नेपाली साहित्य भण्डारमा गहनप्रकारका कृति कमै थपिने गरेका छन् । वितेको ०६७ सालमा संख्यात्मक रूपमा थुप्रै पुस्तक प्रकाशनमा आएपनि गहनप्रकारका कृति कमै आएको ठम्याई छ, साहित्यकार तथा पुस्तकप्रेमीहरूको । उनीहरूको बुझाइ छ-“साहित्यलाई पनि आम उपभोग्यवस्तुजस्तै विज्ञापनमार्फत् बेच्न थालिएपछि साहित्यका उपभोक्ताहरू अन्यौलमा पर्न थालेका छन् ।”
“सम्झनाका तरेलीहरू”मा तरङ्गिदा
शब्दद्वारा परिभाषित गर्नुपर्दा गीत भनेको मानव मनको अन्तरआत्मादेखि प्रष्फुटन हुने कोमल भावना हो अर्थात मनको सुन्दर सशक्त र शक्तिशाली अभिव्यक्ति हो । नेपाली बृहत् शाब्दकोषले गीतलाई यसरी परिभाषा गरेको छ – गाउनका निम्ति रचिएको लयात्मक तथा सुललित पद्य-रचना गाना गान ने.रा.प्र.प्र. नेपाली बृहत् शब्दकोष २०४० पृ.३४० । यस परिभाषाले पनि गीतका दुई महत्वपूर्ण विशेषताहरू – लयात्मक र सुललितलाई औंल्याएको छ । सङ्गीतवद्ध गरेर गीतलाई गाउँदा जुन स्वर दिइन्छ त्यो लयात्मक हुनु पर्दछ र गीत सुन्दा सबैले बुझ्न सक्ने सरल अर्थात सुललित हुनुपर्दछ । त्यसरी गाइएको गीतले मानिसको मनमा आनन्द दिनुको साथसाथै उसको हृदयलाई समेत झङ्कृत पार्दछ । गीतले मानिसको मनमा गहिरो प्रभाव पर्ने हुनाले नै गीतलाई भावनाको सुन्दरतम् अभिव्यक्ति भनिएको हो । किनकि गीतले मानिसको भित्री भावना बोलेको हुन्छ । उसको मनको कोमल भाव गीत बनेर उसकै ओठबाट निस्किएको हुन्छ । गीतका शब्द-शब्दमा रहेको मार्मिक अर्थभावले गीतलाई बढी सार्थक तुल्याउँछ । गीतको शब्दलाई स्वर र सङ्गीतले प्राण संचार गरिदिएपछि मात्र गीत हृदयस्पर्षी बन्छ र गीत सुन्नेलाई आनन्द प्रदान गर्दछ । जुन गीत सुन्दा मानिसको मनमा आनन्द आउँदै र उसको दुःख-सुखमा साथ दिँदैन भने त्यस्तो गीतको कुनै अर्थ रहँदैन । सङ्गीत र लय अर्थात मीठो स्वरले गीतलाई जिवन्तता प्रदान गर्दछ । भनाइको अर्थ गीतको शब्द सङ्गीत र स्वर तिनवटै कुराको संयोजन विशिष्ट हुनु अनिवार्य छ । किनकि गीतको शब्दलाई गायकको स्वरले र सङ्गीतको मीठो धुनले गीत सुमधुर सुललित र सुस्वादको बनाउँछ । त्यसरी सिर्जित गीत जति सुने पनि मन तृप्त हुँदैन र सधैंसधेै सुनिरहुँ लाग्छ । त्यस्ता गीतहरू नै लोकप्रिय हुनुको साथसाथै कालजयी पनि हुन्छन् ।
ढुसी के हो ? कसरी लाग्छ ?
नेपाली शब्दसागरमा ढुसी शब्दको अर्थ ”ओस वा चीसो लागेर चीजबीज सड्दा झुस्स उम्रने वा ढुस्स फुलेको देखिने सेतो खालको भुवा वा झुस, ढुँडी” भनेर उल्लेख गरिएको छ । आखिर के हो त ढुसी ? ढुसी फन्जाइजगत्मा पर्छ, जसमा पीठो जस्तो देखिने पीठो ढुसी, च्याउ, बोटबिरुवामा पर्ने ढुसी, यिष्ट लगायत एक लाख भन्दा बढी प्रजाति पर्छन् ।
स्वास्थ्य र समृद्धिको प्रतिक रुद्राक्ष
नेपाली शब्दसागर शब्दकोशमा रुद्राक्ष शब्दलाई ‘लामा-लामा हरिया केशर हाँगामा-फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल ।’ भनेर परिभाषित गरिएको छ ।
रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ । धार्मिक महत्त्वको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ ।
