Skip to content

विश्लेषण/समालोचना

फुक्का-फकिर साहित्यकार

  • by

कुरा वि.सं. २०१२ सालतिरको हो । म्याट्रिक परीक्षामा उत्कृष्ट अङ्क ल्याएकोले उहाँलाई खड्गशमशेरका नाति तुङ्गशमशेरका छोरा द्रोणशमशेरले यस्तो प्रतिभाशाली विद्यार्थीले पढ्न छोड्नु हुँदैन भन्दै खर्च दिएर बनारस पढ्न पठाएका थिए । पढ्न त जानु भयो तर आइ.ए. पढ्दापढ्दै उहाँमा सांसारिक मायामोहप्रति वैराग्य र आफ्नै जीवनप्रति पनि वितृष्णा उत्पन्न हुनथाल्यो ।

सत्यजस्ता लाग्ने कथाहरू

  • by

वि.सं. १९८५ कात्तिक २९ गते पहिलो पटक यस धर्तीमा आँखा खोलेका इन्दुशेखर चालिसे रामबाबु, रामेश्वर हुँदै नेपाली साहित्यको आख्यान विधामा कलम चलाएर ‘रमेश विकल’ को नामले चर्चित बन्न सफल भए । वि.सं. २००६ सालमा ‘शारदा’ पत्रिकामा ‘गरिब’ शीर्षकको कथा प्रकाशित भएदेखिको उनको लेखनयात्रा जीवभर चलिरहृयो ।

नवीन शैलीका समय स्वरहरू

  • by

धेरै लेखिने र थोरै पढिने विधा हो कविता । पाठकमा मात्र होइन, समालोचकमा पनि न्यून खपत हुने अपच र निरीह कविता । कवितासङ्ग्रह भनेपछि पुस्तक पसलेले उपेक्षा गर्दै लेखक, प्रकाशकबाट लिनै मान्दैनन् । कविता होइन, अन्य विधाका रचना पठाउने सम्पादकीय आदेश हुने यो साहित्यिक माहौल ।

जीवनबोधका कविताहरू

  • by

नेपाली साहित्यमा कविता विधा अत्यन्तै लोकप्रिय भइकन पनि बिक्रीको हिसाबले कविताका पुस्तकहरू कम मात्रामा बिक्री हुन्छ भन्ने यथार्थ आज पनि हामीमाझ कटुसत्य भएर बाँचिहेको छ । यही यात्रामा भज्याङमा उभिएर कवितासङ्ग्रह बोकेर उदाएका छन् कवि अच्युत घिमिरे ।

‘दृष्टि विचरण’मा विचरण गर्दा

  • by

समकालीन नेपाली कविता-गीत क्षेत्रमा उल्लेखनीय उपस्थितिका साथ परिचित गीता त्रिपाठीको प्रथम समालोचना कृति ‘दृष्टि विचरण ‘प्रकाशित भएको छ उनका ‘थुँगाः वनफूलका’ (२०६१) एक्लै-एक्लै (२०६१) दुईहरफ ओठहरू (२०६४) सारांश (२०६५) गीतिसङ्ग्रह र ‘नृशंस पर्खालहरू’ (२०६५) कवितासङ्ग्रहले उनलाई सशक्त नारी स्रष्टाका रूपमा स्थापित गराइसकेका छन् ।

ज्योतिष र साहित्यको रहस्य

  • by

मानिसमा विद्यमान ज्ञानरूपी शृङ्खलाका अनेकन रूप-स्वरूपहरूमध्येकै एक प्रमुख अङ्ग ज्योतिष विद्या मानिएको छ । यसलाई ज्ञानको आँखा पनि भनिन्छ र साहित्यसँग गहिरो तादाम्य राख्दछ । साहित्यकलाजस्तै यो पनि एउटा कलापक्ष हो ज्योतिष रहस्यमय रहे पनि चमत्कारिक नभएर विज्ञान हो भनिएको छ ।

सङ्गीतको सबल इतिहास

  • by

नेपाली नाट्य, कला र सङ्गीतमा ज्यादै कम्ती पुस्तकहरू लेखिएका छन् । सैद्धान्तिक, व्यवहारिक ज्ञानबाहेक यी विषयका अनुसन्धानात्मक कृतिहरूको त झनै ठूलो अभाव छ । नेपाली सङ्गीतको साङ्गोपाङ्गो अध्ययन गरी लेखिएको कृति ‘नेपाली सङ्गीतका एक शतक’ पाठकसामु ल्याउने काम गरेका छन् सङ्गीतका अध्येता एवम् लेखक प्रकाश सायमीले ।

नेपालमा थेरवादको स्थिति

  • by

नेपालमा थेरवाद बुद्धधर्मको आफ्नै स्थान छ । यसको प्राचीन इतिहास स्पष्ट छैन तर पनि यसको विकास पहिलेदेखि नै भइसकेको थियो । भगवान् बुद्धको जन्म ई.पू. ५६३ मा नेपालको पुण्यभूमि लुम्बिनीको कपिलवस्तुको शालोद्यानमा भएको थियो ।

वी.पी.को ‘हिटलर र यहूदी’ उपन्यासमा मानवतावाद

  • by

नदी प्रवाहजस्तै सधैँ नयाँ गतिमान, निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नाम नै विश्वेश्वरप्रसाद कोइराला हो । ‘संसारका थोेरै व्यक्तित्वमा हुने विशेषता-व्यक्ति एक, व्यक्तित्व अनेक-बोकेका बी.पी नेपाली धर्तीका वरदपुत्र हुन् । (भट्टराई २०५८ ः ९४) ।’

प्रगतिशील र नारीवादी साहित्य

  • by

२००७ साले क्रान्तिले जीवनका विभिन्न समस्याहरूमा लेख्न नेपाली साहित्यलाई ढोका खोलिदिएको कुरा सबैमा विदितै छ । क्रान्तिपछिको तत्कालीन साहित्य नाराबाजी साहित्यको प्रभावमा रहृयो जो क्रान्तिपछिको समयमा पाइने प्राय धेरै मुलुकहरूसरहको तथ्य हो ।

शशि भण्डारी लेकालीदेखि विचलनसम्म

  • by

यसपालिको फागुनले वैगुन गरेर गयो नेपाली साहित्यलाई । डायमनशम्सेर राणा, शशि भण्डारी, हृषीकेश उपाध्याय जस्ता स्रष्टालाई एकैपटक गुमाउनुपर्‍यो । उपन्यास लेखेर तयार पार्ने, ‘मेरो म’ नामक संस्मरणको कृति प्रकाशित गर्ने कृष्णप्रसाद भट्टराईसमेत यही फागुन महिनामै जानुभयो ।

नालामा लोकेश्वरजात्रा

  • by

काभ्रेको नालामा हरेक वर्ष मनाइने प्रसिद्ध सृष्टिकान्त लोकेश्वरजात्रा यसै साता सकिएको छ । त्यसो त यसै साता उपत्यकाका धेरै स्थानमा विभिन्न किसिमका जात्राहरू भव्य उत्सवका साथ सम्पन्न भएका छन् ।

पञ्चासेको सौन्दर्य

  • by

धौलागिरी अञ्चलको प्रवेशद्वारको रूपमा रहेको पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतको मध्यपहाडी जिल्ला पर्वतमा पर्यटकीय सम्भावनाका विविध आकर्षणहरू रहेका भए पनि आवश्यक पूर्वाधारको अभावमा पर्यटकीय गन्तव्यस्थलको रूपमा स्थापित हुन सकेका छैनन् ।

नेपालमा जातजातिको उत्पति कसरी भयो? छोटो जानकारी

नेपालमा प्रचीनकाल अथवा किराँतहरूको शासन कालसम्म पनि जातीय छुवाछुत प्रथाको शुरुवात भएको थिएन । किराँतकाल भन्नाले ई. पु. ५०८ देखि ११००सम्मको अबधिलाई मानिन्छ ।

कथाका दस अवतार

  • by

विभिन्न कालखण्डहरूमा पढिइएका कथाहरू एकमुष्ट बदलिएको परिवेशमा पुनर्पठन गर्दा एक प्रकारको ‘फ्ल्यास ब्याक’ जस्तो हुँदो रहेछ । मेरो सक्रिय पत्रकारिता युगका सहकर्मी मित्र सरोजराज अधिकारीका फुटकर कथाहरूको ओजिलो संग्रह ‘रूपबजारकी नोरा’ पढ्दा त्यस्तै अनुभव गरें ।

हाइकू कसरी लेख्ने ?

हाइकू समसामयिक विश्व साहित्यको जल्दोबल्दो कविता हो । सानो कवितामा नाम कमाएको हाइकूको मूल थलो जापान हो । जापानीको संस्कृतिमा सानोमा संसार देख्न सकिन्छ । एउटा सानो प्लेटमा घना जङ्गलको भाव दिने र एक विरुवाको वृक्ष बूढो देखिने मात्र हैन सानो बोटामा ठूलो फल पलाउने कलामा सिद्धहस्त छन् जापानी । यस्तो बोनसाइका क्रममा कवितालाई पनि सानोमा संसार अटाउने अणुजस्तै विचारको बीउ सिर्जना गरेर हाइकू कवितामा पिपलको बीउजस्तै उनीहरू सानोमा विशाल वृक्ष बन्ने शक्ति भर्छन् साहित्यमा । हेर्दा सानो भए पनि यो महाकाव्य हो । सानो भित्र महाकाव्य सिर्जना गर्नु महान् कविका लागि पनि एउटा हाँक भएको छ । यही चुनौतीको सामना गर्न आजका युवाले कम्मर कसेका छन् । आजको व्यस्त समयमा मुखमा पीपी हालेजस्तो, ठूलो दृश्यलाई चरीको दृष्टिमा अटाएर सानोभित्र सम्पूर्णता दिने हाइकू साँचै कविका लागि ठूलो प्राप्ति हो । मन्त्र जस्तै हुनसक्छ हाइकू । एटम बम जत्तिकै शक्तिशाली हुनसक्छ हाइकू पाठक, श्रोताको मुख मुखमा कण्ठस्थ हुनसक्छ र अटोमा लेख्न, महावाणीका रूपमा राख्न अनि बौलदा, खेल्दा हाइकू उदाहरणका रूपमा आउन सक्छन् । यसैले हाइकूको लोकप्रियता बढ्दै छ र नेपालमा पनि हाइकू जनप्रिय बन्दैछ ।

विसे नगर्चीहरूको गाथा

  • by

कहिलेकाहीँ लाग्छ
मैले जस्तो
बेहोर्नुपरेको भए- सङ्कट
भोग्नुपरेको भए- अत्याचार
सहनुपरेको भए- व्यभिचार
आगो,
लप्का हुनुअघि नै
खरानी भइसक्ने रहेछ। …

लेखन चितामै चढिसकेको कवि

  • by

नेपाली साहित्यमा कलम चलाएकाहरूमा धेरै सिर्जना गरेर पनि थोरै मात्र चर्चामा आएका स्रष्टाहरू प्रशस्तै छन् तर थोरै सिर्जना गरेर पनि धेरै चर्चामा आएकाहरू चाहिँ एकाध स्रष्टा मात्र देखिएका छन् ।

सिञ्जाली भाषिका र यसको वाक्य तत्वगत विचरण

  • by

प्राचीन कालमा कर्णाली प्रदेशलाई ‘स्वर्णप्रस्थ’ भनिन्थ्यो । वि.सं. एघारौँ शताब्दीको मध्यदेखि खोरल्देका पुत्र नागराजले सुरुमा दानवभूतल त्यसपछि कुण्डल वनयारी र त्यसपछि सिञ्जा लामाथाडामा आई सिजा क्षेत्रलाई खस साम्राज्यको मुख्य गडको रूपमा कायम गरेपछि यस भूमिलाई ‘सपादलक्ष्य’ (सवा एक लाख गाउँ भएको भूमि) भनिन थालियो ।

स्रष्टा गोठालेको सिर्जनात्मक व्यक्तित्व

  • by

बाटोमा फालिराखेको प्रजापरिषद्को पर्चा टिपेको भरमा सिंहदरबारको केरकारमा पर्नुपर्ला भन्ने उसबेलाको केटोलाई के थाहा ? त्यसबेला ‘शारदा’ मा उनको रचना छापिन लागेको रहेछ आफ्नो उही नामबाट छापिदा झन् दण्डित पो हुने हो कि भन्ने झमेलाबाट जोगिन झट्टपट्ट नाउँको पछाडि उपनाम जोड्छन् ‘गोठाले’ ।