Skip to content

विश्लेषण/समालोचना

लयात्मक गीतिसङ्ग्रह

  • by

गीत पढ्नेभन्दा सुन्ने सिर्जना भए पनि अहिले दृश्य माध्यमहरूका कारण गीत सुन्नेभन्दा हेर्ने सिर्जनाझैँ बन्न थालेको छ । जे भए पनि गीत आफैँमा पूर्ण विधाभने होइन । गीतमा सङ्गीत र स्वरको सङ्गम भएपछि मात्रै गीतले जीवन्तता र पूर्णता प्राप्त गर्न सक्दछ । यद्यपि गीतहरूको सङ्ग्रह प्रकाशन गर्ने होड भने बढ्दो छ । यही क्रममा चूडामणि देवकोटाको गीतसङ्ग्रह ‘मनका हरफ’ प्रकाशित भएको छ ।

कवितामा अस्तित्व घोषणा

  • by

पेशाले अध्यापक सरिता तिवारी ‘बुद्ध र लाभाहरू’ कविता कृति प्रकाशनको दिव्य दस वर्षपछि अस्तित्वको घोषणापत्र कवितासङ्ग्रहमार्फत् नारीचेतना र अस्तित्ववादी चेतनाको दर्बिलो उपस्थितिसहित पृथक् स्वादका सिर्जना पस्किन सफल भएकी छिन् । नेपाली साहित्यमा सबैभन्दा बढी लेखिने कविता विधा र सिर्जित कवि भीडमा तिवारीको यो उपस्थिति भने सर्वथा अलग र सम्झनायोग्य छ ।

जीवनको मूल्य खोजिएका निबन्धहरू

  • by

नेपाली साहित्यमा निबन्ध विधालाई रुखा-सुख्खा विधा मानिन्छ र पनि यसमा कलम चलाउनेहरूको भने कमी नै चाहिँ छैन । निबन्धका उपविधा-नियात्रा एवं हास्यव्यङ्ग्य लेखन र पठन दुवैका दृष्टिले चल्तीका भए पनि आत्मपरक विषय-सन्दर्भका निबन्धहरू चाहिँ कमै लेखिनेमा पर्दछन् । विचारप्रधान यस्ता निबन्धहरूको स्वतन्त्र फैलावट तथा समाजको एक गौरवपूर्ण पात्रको जीवनवृत्त पढेर लिन सकिने लाभ निबन्धभित्र असीमित नै हुन्छ । यस्तै निबन्धकारमा पर्दछन्- जयदेव गौतम ।

कटुञ्जेदेखि क्यालिफोर्नियासम्मको वर्णन

  • by

विदेश, विदेश, विदेश । अर्थात् मनी, मनी, मनी । पञ्जाब होसियारपुरका पाजीहरूपछि हातखुट्टा नै फ्याँकेर विदेश दौड्नेमा हामी नेपालीहरू दोस्रोमा पर्दछौं क्यारे । पढेर १८० डिग्री लिएका हुन् कि शून्य डिग्रीसम्मका, सबैलाई विदेशै प्यारो । भलै घरको भैँसी बेचेर विदेशमा भेँडा चराउन नै किन नपरोस् । भलै घरको दूधे बच्चा छोडेर विदेशमा बेबी सिटिङ नै गर्न परोस्, झर्नुपर्‍यो डलर ।’ यात्रासंस्मरण कटुञ्जेदेखि क्यालिफोर्नियासम्मको प्रारम्भिक अनुच्छेद हो यो ।

महाकवि देवकोटा ः अनेकका आँखामा

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटा बहुआयामिक व्यक्तित्वका धनी भएका हुँदा उनी नेपाली भाषासाहित्यका सगरमाथा भए । लक्ष्मी पूजाको दिन जन्मेर पनि सरस्वतीका वरदपुत्र बनेका महाकवि देवकोटालाई नचिन्ने नेपाली विरलै होलान् । नेपाली भाषासाहित्यलाई संसारका सर्वोत्कृष्ट भाषासाहित्यहरूको दाँजोमा उभ्याउने उनको प्रयासको जति प्रशंसा गरे पनि कमै हुन्छ ।

गधा धुवाईका व्यङ्ग्यहरू

  • by

पत्रपत्रिकाहरूमा प्रशस्तै हास्यव्यङ्ग्य लेखेर पनि कुनै लछारपाटो लगाउन नसकेका लक्ष्मण गाम्नागेले फेरि एउटा हास्यव्यङ्ग्यको किताबै निकालेछन्, ‘कति धुनु गधाहरूलाई’ शीर्षक दिएर । यसअघि नै ‘घिटिकघिटिक बाँचेर सहरमा’ र ‘३ न १३’ व्यङ्ग्य कवितासङ्ग्रह तथा ‘लाठीचार्ज’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह निकालेर आफ्ना लालाबालाको गाँस र आस खोसिसकेका गाम्नागेलाई फेरि पनि व्यङ्ग्यको किताबै लेख्न किन जङ् चलेको हो कुन्नि ?

नारीवादी चिन्तनका समालोचना

  • by

बिन्दु शर्मा (२०३३) सीमित नेपाली नारी समालोचकहरूका बीच देखापरेकी उदीयमान समालोचक हुन् । कविता, गीत र समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएकी बिन्दुको प्रस्तुत आधारभूत नेपाली समालोचना दोस्रो समालोचनात्मक कृति हो । यसअघि उनको गीतिनाट्य परम्परामा राष्ट्रकवि घिमिरे (२०६२) प्रकाशित भइसकेको छ र यसले विश्वविद्यालयका पाठ्यक्रममा समेत सन्दर्भ सामग्रीका रूपमास्थान पाएको छ ।

शिखरपुरुषको शिखरयात्रा

  • by

नेपाली साहित्यलाई वैविध्यपूर्ण उत्कर्षमा पुर्‍याउने अविश्रान्त साधकहरूमध्ये एक ओजश्वी र प्रेरणादायी स्रष्टा हुनुहुन्छ कृष्णप्रसाद पराजुली । सङ्घर्षमय जीवनका कठिन गोरेटाहरूबाट गुज्रँदा पनि नआत्तिई, हरेस नखाई नेपाली भाषा, साहित्यलाई माया गरेर निरन्तर पुर्‍याउँदै आउनुभएको चिरस्मरणीय योगदान बन्दनीय देखिन्छ ।

एउटा कालखण्डको सबल प्रस्तुति

  • by

“…..कहिलेकाहीँ नेपालीहरूले पार्टीको महाधिवेशन नगरे पनि हुन्थ्यो भन्ने लाग्छ मलाई । पार्टीहरूमा विखराव प्रायः महाधिवेशनकै कारण आएको छ इतिहास खोतल्दा । कम्युनिस्ट पार्टीकै इतिहासमा पनि दोस्रो महाधिवेशनपछि पार्टी दुई चिरामा बाँडियो । तेस्रो महाधिवेशनपछि त पार्टी छिन्नभिन्न नै भयो ।”

उदाहरणीय लघुकथासङ्ग्रह

  • by

डा. रवीन्द्र समीर नेपाली लघुकथालेखनका क्षेत्रका एक परिचित र चर्चित सर्जकको नाम हो । उनका यसअघि चार वटा लघुकथासङ्ग्रह प्रकाशित छन् । डा. समीरको प्रस्तुत लघुकथासङ्ग्रह ‘अर्जुनदृष्टि’ मा पूर्वप्रकाशित तर अप्राप्य भइसकेका र नयाँ गरी १०८ वटा लघुकथा समाविष्ट छन् । सबै लघुकथाहरू स्तरीय र लेखकीय कौशलका परिचायक छन् । कथाका विषयवस्तु चयनप्रति पनि डा. समीर अत्यन्त सजग र चनाखा देखिन्छन् ।

यात्रीको सूत्रधार/सूत्रधारहरूको विश्लेषण

  • by

यात्रीको उपनाम राख्ने कृष्ण शाह (वि.सं. २०३२, कटारी, उदयपुर) ले झण्डै दुई दर्जन जति एकाङ्कीनाटक लेखेर तिनलाई तीनवटा पृथक्पृथक् सङ्ग्रह प्रकाशमा ल्याइसकेका छन् । चालीसको दशकमा वि.सं. २०४७ ‘चिसो बस्ती’ शीर्षक एकाङ्कीका साथ देखापरेका हुन् उनी । पत्रकारिता र सञ्चारमा स्नातकोत्तर उपाधि लिएका यात्री लघुकथा लेखक र बालसाहित्यकार एवं बाल नाटककार पनि हुन् ।

मधुपर्कमा उद्घाटित प्रश्न

  • by

साहित्य के हो ? के होइन, कुनै पनि भाषामा लेखिएको सामग्री ? मधुपर्कमा प्रवेशपछि मात्र मसँग यस्तो प्रश्नले उत्तर खोज्यो । पहिले जे बुझियो त्यही नै साहित्य हो भन्ने लागेको रहेछ क्यारे, मधुपर्कमा पुगेपछि यस्तो अनुमान पनि हुनथाल्यो । प्रश्नले ब्यूँझाइ दिएर ।

साहित्यिक पत्रपत्रिका र यिनका पाठक

  • by

नेपालमा पत्रकारिताको चर्चा गर्दा साहित्यिक पत्रकारितालाई बिर्सन मिल्दैन । पत्रकारिताको सुरुआत नै साहित्यिक पत्रकारिताबाट भएको हो । वि.सं. १९५५ मा ‘सुधासागर’ प्रकाशित भएको थियो र यो नै नेपालको पहिलो पत्रिका (साहित्यिक) थियो । यसको तीन वर्षपछि मात्र गोरखापत्रको प्रकाशन प्रारम्भ भएको हो ।

पुरातात्विक महत्त्वका लुम्बिनी, कपिलवस्तु तथा देवदहबारे केही चर्चा

  • by

नेपालको रूपन्देही जिल्लामा रहेको लुम्बिनीमा गौतम बुद्ध जन्मेका थिए । कपिलवस्तु जिल्लास्थित तिलौराकोट बुद्धको बुबा शुद्धोधनको राजधानी थियो भने देवदह उनको मामाघर अर्थात मायादेवीको माइती कोलीयग्राम अन्तर्गत पर्दथ्यो । यी तीनैवटा स्थानको पुरातात्त्विक, ऐतिहासिक तथा धार्मिक महत्वको साथसाथै बुद्धको जीवनीसँग सम्बन्धित भएकाले नेपालको लागि मात्र नभएर समस्त विश्वको नै चासोको विषय हँदा ज्यादै महत्त्वपूर्ण छ ।

सन्तति पढाउने बाबुआमा जिन्दावाद ! नपढाउने मूर्दावाद !!

…सबै बाबुआमाले आफ्ना सन्ततिलाई अनिवार्यरूपले पढाउनुपर्छ । छोरा नपढाउने बाबुआमाले सजायस्वरूप जनश्रमदान गर्नुपर्छ र छोरी नपढाए दोब्बर सजाय भोग्नुपर्छ ।

….आफ्ना छोराछोरीलाई पढाए पनि नपढाए पनि तिमीलाई के मतलव ?

…नपढेर सन्तान बिग्रे डाका गर्न हाम्रो घर आउँछन्, मुलुकको अहितमा काम गर्छन्, अतः सन्तान तिम्रो भए पनि चासो हाम्रो हुन्छ । घाटा हामीलाई हुन्छ । हाम्रो गाउँठाउँमा डकैत र गद्दार मान्छे हुँदा के तिम्रोमात्र इज्जत गुम्छ कि हाम्रो पनि ?

…म त भन्छु र गर्छु पनि–छोराछोरी पढाउने बाबुआमा जिन्दावाद, छोराछोरी नपढाउने बाबुआमा मूर्दावाद…….।

विद्वान् टेकनाथ गौतमका अवदानका केही सम्झना

  • by

सेता मयलपोस सुरूवाल पहिरेका, सेतै पटुका बाँधेका, खैरो जहाहरकोट त्यसमाथि लाएका, सेतै फुलेका केश, लाम्चोलाम्चो परेको गोरो अनुहार भएका, कागतले बेरेको सानो किताप काखीमा च्यापेका, गम्भीर प्रकृतिका, ज्ञानवृद्ध वयोवृद्ध व्यक्ति मेरो कक्ष कोठामा टुप्लुक्क प्रवेश गरेर मुसुक्क हाँस्तै नमस्ते गरे । परिचयसाथ भलाकुसारी गर्दा उनी दाङका विद्वान् टेकनाथ गौतम रहेछन् ।

देवघाटधामको ऐतिहासिक कविगोष्ठी

  • by

सप्तगण्डकी (नारायणी) सङ्गमस्थल, अनेक नामले विभूषित देवाट/देवघट्ट/देवघाटधाम नेपालको मध्यभागमा मुटुका रूपमा रहेको छ । यो क्षेत्र तीन जिल्लाको परिधिमा बाँधिएको छ । समग्र अध्ययनमा हेर्दा भौगोलिक बनोटको सुन्दरता हेर्न लायक छ । यो तीर्थस्थल भारतस्थित ऋषिकेशको तपोवन भन्दा श्रेष्ठ भौगोलिक बनोटको रमणीय भूमि मानिन्छ ।

सम्बन्धको सेतुः मधुपर्क सम्मान

  • by

वि.सं. १९५८ बाट प्रकाशन प्रारम्भ भएको गोरखापत्रको इतिहास पनि विश्व पत्रकारिताको जेष्ठताको इतिहासक्रममा जोडिन पुग्ने गौरवपूर्ण आयुको भइसकेको छ । दक्षिण एसियाको पाटोमा मात्रै हेर्ने हो भने त गोरखापत्र जेठो पत्रिकामै गणना हुन थालेको छ । नेपाली पत्रकारिताको सन्दर्भमा भन्नुपर्दा गोरखापत्र जननी हो ।

साहित्यिक पत्रकारिताको मानक ‘मधुपर्क’

  • by

आज मधुपर्कको ४३ वर्षे उमेर अर्थात् ५०० औं अङ्क प्रवेशको सन्दर्भमा हामी उभिएका छौँ । ४३ वर्षको अन्तरालमा छौँ, विश्वका लेखक, पाठक, सम्पादकहरू । नेपालजस्तो विकासोन्मुख देशमा पत्रकारिता त्यसमाथि पनि गैरसमाचारमूलक पत्रकारिता अत्यन्तै दुष्कर कार्यका रूपमा लिन सकिन्छ । साहित्यिक पत्रकारिता त झन् कठिनतम कार्य नै हो ।

नेपाली साहित्यिक पत्रकारितामा ‘मधुपर्क’को विशिष्ट योगदान

  • by

नेपालको साहित्यिक इतिहासमा साहित्यिक पत्रकारिताको लामो इतिहास छ । साहित्यिक पत्रिकाहरूलाई छहारी, मञ्च जे नाम दिइए पनि यसै थलोबाट थुप्रै प्रख्यात साहित्यकार जन्मिने मौका पाए । साहित्यिक प्रतिभाहरू जन्माउन र हुर्काउनका लागि साहित्यिक पत्रकारिताले विशेष भूमिका निर्वाह गरेको हुन्छ ।