Skip to content

विश्लेषण/समालोचना

धन्य निस्किरहेछ ‘मधुपर्क’

  • by

नेपाली पत्रकारिता विकासको यात्रालाई नियाल्दा यसको श्रीगणेश साहित्यिक पत्रकारिताबाट भएको देखिन्छ । संवत् १९४१ मा बनारसबाट रामकृष्ण वर्माको सम्पादन तथा युवाकवि मोतीराम भट्टको सक्रियतामा ‘गोर्खाभारत जीवन’ वा देशभित्रैबाट संवत् १९५५ मा ‘सुधा सागर’ पत्रिकाहरू साहित्यसँग सम्बन्धित थिए । यसबाट पनि यतिविघ्न इतिहास बोकेको साहित्यिक पत्रपत्रिकाको अवस्था आज कुन रूपमा छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यद्यपि संस्थागत तवरबाट निस्केका केही पत्रिकाबाहेक बेला मौकामा खहरे उर्लेजस्तो आउने र साँच्चै नै यसले त छलाङ मार्छजस्तो लाग्ने हामीकहाँ साहित्यिक पत्रिकाको हालत छ ।

मधुपर्कको नाम र कामको समीक्षा

  • by

नेपाली साहित्यिक पत्रपत्रिकाको इतिहासमा सबैभन्दा पहिला पूर्णाङ्क ५०० निकाल्न सफल भएको छ ‘मधुपर्क’ । यसको निमित्त गोरखापत्र संस्थान, ‘मधुपर्क’ सञ्चालन परिवारप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु र ‘मधुपर्क’को दीर्घायुको कामना !

सार्थक नामः मधुपर्क

  • by

‘मधुपर्क’ ५०० अङ्कमा प्रवेश गरेको छ माघ महिनाबाट वि.सं. २०२५ साल जेठ ३० मा तत्कालीन राजा महेन्द्रको शुभ जन्मदिनको अवसर पारेर प्रकाशन हुन थालेको ‘मधुपर्क’ को आयु साढे चार दशकको नजिकनजिक पुग्न लागेको छ । हुन त पचास वर्ष आयु पार गरिसकेका साहित्यिक पत्रिका अरू पनि हामी कहाँ नभएका होइनन्, तर मासिकरूपमा प्रकाशित भइरहने यस्ता पत्रिकामा भने अग्रस्थान मधुपर्कले नै ओगटेको छ ।

गजे घलेको गाउँ

  • by

कृष्ण आचार्य/बारपाक(गोरखा)

घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र पहिचान बुझ्न एकपटक पुग्नैपर्ने ठाउँ हो, गोरखाको बारपाक जिल्लाकै प्रमुख पर्यटकीय गाउँको पहिचान कमाएको बारपाक गोरखा सदरमुकामदेखि एकदिनको पैदल दूरीमा पर्छ। सार्वजनिक सवारीसाधन प्रयोग गरेर जानेहरूका लागि छ देखि आठ घन्टा लाग्छ। निजी सवारी लिएर जानेहरू चारदेखि छ घन्टामै पुग्न सक्छन् बारपाक।

अभिषेक स-सम्मान ! ५०० पूर्णाङ्की मधुपर्कलाई यो !!!

  • by

पुर्खाले झोपडीलाई जीवन आश्रम मान्न नसकेको भए ? मन खुल्दुलिन्छ । मन खुल्दुलिनु ! के ? सोधेँ, आफैँसित । भन्न थाल्छ मन । मन खुल्दुलिनु त चासो उर्लिनु पो रैछ । एक अर्थमा । अनेक कोण र आयाम बोक्छ यो खुल्दुलिनुले । सरोकारले तानातान गर्दै गर्‍यो । त्यो सरोकार सान्दर्भिक थियो । परिवेशमूलक सरोकार थियो साहित्यिक पत्रकारिता ।

‘मधुपर्क’ नेपाली वाङ्मयको अभिन्न अङ्ग

  • by

ठूलो उत्साह र उमङ्ग लिएर प्रकाशित हुनु अनि अल्प अवधिमा नै बिलाउनु नेपालका साहित्यिक पत्रिकाको साबिक रोग हो । वि.सं. १९५५मा प्रकाशित ‘सुधा सागर’ देखि लागेको यो सरुवा रोगले अहिलेसम्म साहित्यिक पत्रिकालाई गाँज्न छोडेको छैन । यस रोगको शिकार भएर कयौँ साहित्यिक पत्रिका हुर्कन नपाउँदै मृत्युवरण गर्न वाध्य भएका थुप्रै उदाहरण छन् तर वि.सं.२०२५ साल जेठदेखि प्रकाशन प्रारम्भ भएको ‘मधुपर्क’ अनेकौँ बाधा अवरोधका खाल्डा पार गर्दै आफ्नो निरन्तरता कायम राख्न सफल भयो र आज ५०० अङ्क प्रकाशनको स्थितिसम्म आइपुगेको छ ।

फेरि पनि अधूरो र अपूरो

  • by

“मधुपर्कको ५०० औँ अङ्क निस्कँदै छ, कमलबाबु” श्रीओम रोदनले फोनमा भन्नुभयो । अमेरिकासम्म पुगेर तरमारेर फर्केका रोदनलाई मैले झर्केर अङ्ग्रेजीमै सोधेँ- ‘सो हृवाट !’ अनि पूरकको रूपमा थपेँ- “मेरो ‘नेपाली’ पनि कम छैन, ५२ औँ वर्षको भैसक्यो क्या !” रोदनले ओठे जवाफ फर्काए-” तपाईंको ‘नेपाली’ भर्खर २०० अङ्क निक्ल्यो, हाम्रो ‘मधुपर्क’को हामी ५०० अङ्क निकाल्ने तर्खरमा छौँ । तपाईंले हामीसँग फूर्ति गर्ने ?” अवश्य, मेरा मित्र रोदनले त्यति खस्रो भाषामा त्यसो भन्नुभएको थिएन ।

नेपाली साहित्यमा मधुपर्क पत्रिकाका विशेषाङ्कहरूको योगदान

  • by

प्रस्तुत कार्यपत्रमा गोरखापत्र संस्थानबाट प्रकाशित नेपाली साहित्य र विविध विषयको मासिक पत्रिका मधुपर्कका विशेषाङ्कले नेपाली साहित्यमा पुर्‍याएको योगदानको मूल्याङ्कन गरिएको छ । यसका लागि २०२९ सालदेखि २०६७ सालसम्ममा मधुपर्कले प्रकाशित गरेका जम्माजम्मी ४३ ओटा विशेषाङ्कको सर्वेक्षण र विश्लेषण गरिएको छ । यसले साहित्यिक विधा, सान्दर्भिक विषय र अन्तरविषयक अध्ययनलाई प्रोत्साहन गर्ने गरी विभिन्न विशेषाङ्कहरू प्रकाशित गरेको पाइयो । प्रारम्भमा राजा-रानीको जन्मोत्सवलाई विशेषाङ्क प्रकाशनको अवसर बनाए पनि २०५० सालदेखि यसले आफ्नो अङ्क एक सुरु हुने जेठ महिनालाई मुख्य आधार बनाउन खोजेको देखिन्छ ।

माछाहरूको संसार कति बिचित्र

नदी नाला, ताल तलैया र महासागरमा पाइने माछा विभिन्न आकार र प्रकारका साथै रङमा पाइन्छ भने मानिस माछालाई सौखका रूपमा एक्युरियममा समेत पाल्ने गरिन्छ । माछा ज्यादै नुनिलो पानीमा बस्न सक्दैनन्, त्यसैले मृतसागरमा माछा पाइँदैन । केही प्रजातिका माछा न्यानो ठाउँमा बस्न रुचाउँछन् भने केही प्रजातिका माछा चिसो उत्तरीय ध्रुवका समुद्रमा बस्न रुचाउँछन् । माछा २६ हजार फिटभन्दा पनि गहिरो ठाउँमा समेत सजिलै बाँच्न सक्छन् ।

माछाले आफ्नो शरीरको तापक्रम वातावरणसँग सुहाउँदो बनाउन सक्छन्, माछाले फुल्का (Gils) द्वारा सास फेर्छन् । माछा र पृथ्वीबीचको सम्बन्ध ४ अर्ब ५० लाख वर्षभन्दा पुरानो मानिन्छ । वैज्ञानिकहरूले हालसम्म २२ हजार भन्दा बढी प्रजातिका माछा पत्ता लगाइसकेका छन् र हरेक वर्ष नयाँनयाँ प्रजातिका माछा पत्ता लाग्ने क्रम जारी छ । यस्तै संसारमा भएका अनौठो माछाको बारेमा केही जानकारी लिने हैन त ?

१. प्रकाशपुञ्ज बोकेर हिँड्ने माछा

हिन्द महासागरमा पाइने एकप्रकारको एनोमालेप्स क्याटोप्ट्रन नामक माछाको आँखाको तलपट्टि एक प्रकारका प्रकाश लिएर डिँड्छ । समुद्रको अँध्यारो गहिराइमा सो प्रकाशबाट आफ्नो मार्गलाई सजिलै पत्ता लगाउन सक्दछ तर त्यो प्रकाश दिने प्रकाशपुञ्ज पनि कुनै निर्जीव साधन नभई विभिन्न प्राकृतिक कारणवश यसको ठीक आँखामुनि झुण्ड बनाएर बस्ने र माछासँगै टाँसिएर यात्रा गर्ने प्रकाशमान जीवणुको ठूलो समूहमध्ये एक सानो झुण्ड हो ।

मधुपर्कका पाँच सय अङ्कका सम्पादक तथा सम्पादकीय अध्ययन

  • by

नेपाली पत्रत्रिकाहरूको प्रकाशन परम्परालाई हेर्दा सर्वप्रथम विक्रम संवत १९४३ सालमा भारतको बनारसबाट युवककवि मोतीराम भट्टको सम्पादकत्वमा गोर्खाभारत जीवन पत्रिका प्रकाशित भएको देखिन्छ । त्यसको एक दर्जन वर्षपछि वि.सं. १९५५ सालमा नेपालभित्रबाट नेपाली भाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका सुधासागर हो । यो पत्रिका नरदेव मोतीकृष्ण शर्माको सम्पादकत्वमा प्रकाशित भएको हो ।

साहित्यिक पत्रिकारितामा मधुपर्कको योगदान विषयक विचार गोष्ठीको प्रतिवेदन

  • by

नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा ‘मधुपर्क’ पत्रिकाको योगदान महत्त्वपूर्ण रहेको छ । नेपालकै जेठो समाचार पत्रिका ‘गोरखापत्र’ कै प्रकाशन गृहबाट प्रकाशित हुँदै आएको ‘मधुपर्क’ ले २०६७ साल माघ अङ्कलाई ५००औँ अङ्कका रूपमा प्रकाशन गर्ने तयारी गरिरहेकै अवस्थामा गत २०६७ मङ्सिर १ गते काठमाडौँको बागबजारस्थित अशोका होटलमा ‘साहित्यिक पत्रकारितामा मधुपर्कको योगदान’ विषयक एक दिवसीय विचार गोष्ठी सम्पन्न गर्‍यो । सूचना तथा सञ्चार मन्त्री शङ्कर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको पहिलो सत्रमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विजय चालिसेले सभाध्यक्षता ग्रहण गर्नु भएको थियो ।

नेपाली साहित्यिक पत्रकारितामा ‘मधुपर्क’को योगदान

  • by

नेपाली साहित्यिक पत्रकारिताको इतिहास त्यति लामो नभए पनि नेपाली साहित्यमा आधुनिकताको प्रवर्तन गर्ने ‘शारदा’ (वि.सं. १९९१) पूर्वको परिवेश नेपाली साहित्यिक पत्रकारिताको पृष्ठभूमि हो भने ‘गोरखापत्र’ (१९५८) जस्ता समाचारप्रधान पत्रिका र आवधिकरूपमा प्रकाशित भएका ‘शारदा’ पूर्वका पत्रिकाहरूले साहित्यिक क्षेत्रमा पनि योगदान दिएकाले यसलाई पनि नेपाली साहित्यिक पत्रकारिताको पृष्ठभूमिका रूपमा लिन सकिन्छ । त्यसपछि ‘शारदा’ को प्रकाशनसँगै व्यवस्थित साहित्यिक पत्रकारिताको थालनी भएको देखिन्छ ।

NandaLalAcharya_YugUchalne

‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को अध्ययन

  • by

नन्दलाल आचार्यले मलाई ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को भूमिका कोरिदिनका लागि यस्तै एक वर्षअघि पाण्डुलिपि पठाएका हुन् । उनको भनाइ थियो, मैले पनि नाटक लेख्ने हुनाले उनका नाटकको मर्म बुझ्न सक्छु होला । तर आचार्यले पुस्तक प्रकाशित गर्न केही ढिलो हुने हुनाले मलाई हतार गरेर भूमिका लेख्न पर्दैन भनेका थिए । यसैले पनि मैले नाटकहरू पढेर भूमिका कोर्ने कुरामा जाँगर चलाएको थिइनँ । नाटकहरू मेरा कम्युटरमा सुरक्षित थिए । तर उनले झन्डै तीनचार महिनाअघि देखि मलाई भूमिका लेखिदिन ताकिता लगाएकाले मैले त्यसको थालनी गरेँ । यसैबीच अरू पनि लेखनको जिम्मेवारी पूरा नगरी नभएको हुनाले मलाई ती काममा अल्मलिन पर्यो । यसैले मैले निकै ढिलो यो भूमिका तयार पारेँ । भूमिका लेखिसकेपछि मलाई लाग्यो, कतै यस्तो पनि भूमिका हुन्छ र ? म यो लेखनलाई भूमिका भन्न तयार छैनँ । मैले भूमिका भने पनि अरूले त्यस रूपमा स्वीकार गर्ने छैनन् । यसैले मैले यस लेखनलाई भूमिका नभनेर ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को अध्ययन भन्न रुचाएँ । वास्तवमा यो भूमिका नभएर आर्चायको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को अध्ययनमात्र हो । मलाई थाहा छ, आचार्यका नाटक (एकांकी) अत्यन्त महत्त्वपूर्ण छन् । यदि यस अध्ययनले आचार्यको नाटकको महत्त्वमाथि प्रकाश पार्न सकेछ र त्यसप्रति पाठकको पनि ध्यान आकृष्ट गर्न सकेछ भने म मेरो अध्ययनलाई उपलब्धिपूर्ण मान्नेछु । ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’मा जम्माजम्मी पन्ध्रओटा एकांकी/नाटक समावेश छन् । म प्रत्येक नाटकका बारेमा अवधारणा प्रस्तुत गर्ने जमर्को गर्दछु ।

वसन्त पञ्चमी र नेपाली संस्कृति

  • by

विद्या, श्रम, सीप, कला, कौशल तथा उद्यमशीलताको मौलिक रूप र स्रोत सरस्वतीदेवीलाई नै मानिँदैआइएको छ । वेद विद्या, ज्योतिष, खगोल भूगोल, इतिहास पुराणका ज्ञाताहरूले उनै देवीको माया, ममता

जासुसी साहित्यको विगच

  • by

व्यावसायिक वा गैरव्यावसायिक जासुसहरूद्वारा हत्यालगायतका अपराधको बारेमा अनुसन्धान गरिएको घटना समेटिएको साहित्यलाई जासुस साहित्य भनिन्छ । यो कथा आपराधिक शाखाको एक अङ्ग हो ।

जासुसी साहित्य रुचि अझै घटेको छैन

  • by

हत्या, लुटपाट एवं अपहरणका घटनाहरू नेपाली समाजको लागि कुनै नौलो विषय रहेन । मर्नु, मार्नु वा हराउनु जस्ता घटनाहरू दिनहुँ कहिँ कतै घटित भइरहेकै हुन्छ । तर घटनाबारे जान्न सर्वसाधारणलाई घटनास्थलमै पुग्नुपर्ने आवश्यकता भने अब रहेन । समाजलाई आकषिर्त गर्ने धेरै कार्यक्रमहरू मध्ये रहस्य र रोमाञ्चले भरिएका चलचित्र, टेलिचलचित्रहरू पनि एक हुन् । ठूलो, सानो पर्दामा देखिने यस्ता रहस्यमयी शृ्ङ्खलाहरूले लोकप्रियता पाइरहेको समयमा पनि कागजी संस्करणमा प्रकाशित हुने जासुसी उपन्यासले भने खासै सफलता पाउन सकेनन् ।

20110205_SelaekoGham

विद्याप्रसाद घिमिरेको ‘सेलाएको घाम’ कवितासङ्ग्रह प्रकाशित

२०६३ सालदेखि प्रहरी द्वैमासिक पत्रिकामा सम्पादक समेत रहेका कवि तथा गीतकार विद्याप्रसाद घिमिरेको “सेलाएको घाम” नामक कवितासङ्ग्रह बि.एन. पुस्तक संसारले हालै बजारमा ल्याएको छ । वीपी घिमिरेको नामबाट विभिन्न पत्-रपत्रिकाहरूमा समसामयिक राजनीतिक चिन्तन र अध्यात्मिक लेखहरू लेख्दै आएका घिमिरेको प्रस्तुत कवितासङ्ग्रहमा विषयगत विविधता रहनुका साथै वर्तमान युगीन राष्ट्रिय र मानव जनजीवनसँग सम्बन्धित ४१ वटा कविता रहेका छन् । सामाजिक विशृङ्खलता निम्त्याउने र समाजलाई अधोगतितर्फ धकेल्ने प्रकृतिका साहित्यलाई निरूत्साहित गर्नुपर्ने र समाजलाई समुन्नततर्फ उठाउनुपर्ने विचारका पक्षमा उभिने घिमिरेका रचनामा सामाजिक सद्भाव र अग्रगतिकै स्वर मुखरित छ ।

विसङ्गत वर्तमान परिवेशको चित्रण, जीवनयात्राको अभिव्यक्ति, वर्तमान विसङ्गत परिस्थितिप्रति चिन्ता, विधवाको दुर्दशाको चित्रण, जीवनको कारूणिकताको वर्णन, युगीन याथार्थको प्रस्तुतिको अभिव्यञ्जना पाइने यस सङ्ग्रहका कविताहरूमा राजनीतिक विसङ्गतिप्रति व्यङ्ग्यसमेत प्रहार गरिएको छ । कतिपय कवितामा आक्रोश, व्यङ्ग्य, विद्रोह र सहानुभूतिको स्वरसमेत मुखरित छन् । घुमाउरो पाराले अध्यात्मिक चेतनाको अभिव्यञ्जना भेटिने घिमिरेका कतिपय कवितामा युगीन राष्ट्रिय सन्दर्भअनुरूप सकारात्मकभन्दा नकारात्मक बहुल वातावरणको प्रस्तुति भेटिन्छ भने अधिकांश कविताले जीवनका विविध पाटासँग सम्बन्धित यथार्थको प्रकटीकरण बोकेका छन् । राजनीति सापेक्ष नभई राजनीति निरपेक्ष रहेका यिनका कवितामा अभिव्यञ्जित विचार कुनै राजनीतिक वादविशेषमा केन्द्रित नभई मानवीय संवेदनामा केन्द्रित छन् ।

ल्होछारको चटारो

  • by

ल्होछार-ल्हो माने वर्ग, छार भन्नाले नयाँ वर्ष । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछारको ठुलो महत्त्व रहेकेा छ । यस वर्ष ताक (बाघ) वर्षको विदाई र ह्योई (खरायो) वर्षको स्वागतमा ल्होछार मान्ने तयारीमा गाउँदेखि सहरसम्मका तामाङ समुदाय जुटिरहेका छन् । ल्हो(वर्ग) बाह्रवटा हुन्छन् । अर्थात त्यसलाई ल्होखोर च्युङी भनिन्छ ।

धार्मिक पर्यटनको क्षेत्र दाउन्नेदेवी

  • by

नेपालमा प्रशस्तरूपमा धार्मिक पयटकीय स्थानहरू छन् । त्यसमध्येको दाउन्ने देवीको आफ्नै महिमा र पहिचान छ । नवलपरासी जिल्लाको दुम्कीबास र बर्दघाटको बीचमा पहाड रहेको छ । यही पहाडी भागलाई दाउन्ने डाँडा भनिन्छ । यो ठाउँ बाइसे चौबिसे राज्य हुँदा पाल्पा राज्यमा पर्दथ्यो । हालका माकर, दुम्कीबास, वेलिवेनीपुर तमासपुर गाविस तत्काल मङ्गलपुर गाविसमा पर्दथे ।

किन बुझ्दैनौँ हामी बालमनोविज्ञान

  • by

‘सम्यक’ उसको स्थायी नाम हो, तर सानो र सबैको प्यारो भएकाले उसलाई घरका सबैले अनि गाउँकाले पनि ‘भाइ’ भनेर बोलाउँछन् । ऊ पनि आफूलाई ‘भाइ’ नै भन्ने र्दछ । नाताले ऊ मेरो छोराको छोरो नाति हो । भाइ दुई वर्ष वर्षको भयो । ऊ अत्यन्तै चञ्चल छ । चञ्चल केटाकेटी तीव्र बुद्धिका हुन्छन् । त्यसैले ऊ मेरो पुस्तकहरू अर्थात् मधुपर्क, गरिमा मासिक पत्रिका र अन्य साहित्यिक पुस्तकहरू जे भेटे पनि पल्टाएर पढेको अभिनय गरिरहन्छ । ऊ विशेषत मसँग बसेर जिज्ञासाका साथ कुरा गरिरहन मनपराउँछ ।