युलठिम स्होला बिबा म्हाङरी रो
गोबोन जति काइब्लोन दोपारी रो
ह्युलठिम ब्रिला बिबा गोबोनकादेसे
ह्युल्बाकादे सुत्तै तिनी म्लेजि रो
तामाङ भाषाको कान्छो कविताको छोटो अंश हो काभ्रे जिल्ला मेच्छेका भीमबहादुर थिङको । कान्छो यो अर्थमा कि, तामाङ युवाहरू जो अध्यायनको शिलशिलामा काठमण्डौं वरिपरि, हाल तामाङहरूले दाबी गदै आएको ताम्सालिङको विभिन्न जिल्लाबाट उपत्यकामा झरेका थिए, उनीहरूले रत्नपार्कमा बसेर बदाम छोडाउदै गर्दा बुनेको साहित्यिक अभियानको सपना र त्यसै सपनाको साकार रुप जो चल्दैछ अनवरत ग्योइकाई गेताङको नाममा । यसकै ९१ औं शृंखलामा बचित कविता हो ह्युलठिम शिर्षकको, भीमबहादुर थिङ बल्ल ९१ औं ग्योइकाई गेताङमा आइपुगेका हुन । त्यसैले उनको कविता कान्छो भन्दा फरक नपार्ला । कान्छोको अर्थ अन्तिम, तर अन्तिमको अर्थमा होइन, यो भन्दा अगाडि धेरै आएका थिए बर्तमानमा क्रम जारी छ आउने, जुन क्रममा सबभन्दा नयाँ र ताजा हो । यस्ता नयाँ अझै धेरै आउँदैछ र आउनु पर्छ पनि ।
कुनै पनि काम कुरो सुरु गर्नु ठुलो कुरा होइन । तर त्यसलाई निरन्तरता दिनु ठुलो कुरा हो । त्यसो त सबैले भन्छन, तर भनेको जस्तो सजिलो पनि कहाँ हुन्छ र ? शुरु भएको केही समयमै अन्त्य पनि भएरहेकै छ तामाङ समाजका धेरै तामझम र फुर्तिफार्ती गरेर आएका संघसंस्था र तिनका गतिविधिहरू । सयौंको संख्यमा रहेको तामाङ संघसंस्थाको भीडमा पृथक, हेर्दा सानो उदेश्य तर गहिरो कुरा उठाउने सहासका साथ २०५९ सालमा जन्मेको “तामाङ डाजाङ” नामको शिशु अहिले बामे सदैछ तामाङ साहित्य र भाषिक आन्दोलनमा, तामाङ विश्लेषकहरूको भनाई छ । इन्द्र तामाङ, यकिना अघात, दिपक घिसिङ, बुद्ध योन्जन, भक्त योन्जन लगायतका तामाङ युवाहरूको अवधरणा अहिले सयौं स्रस्टाहरूको साहित्यिक कोसेली पस्कने साझा चौतारी भएको छ । “यहाँसम्म आउन सक्छ जस्तो लागेकै थिएन । अहिले सम्झाँदा आनान्द र गर्व पनि लाग्छ । राम्रै काम थालेछौं भनेर जो उखान छ बैठान कहिल्यै नहोस मौलाएर जाओस ठिक त्यस्तै विकास हुदैछ । ” यो भनाई “तामाङ डाजाङ” थल्दाको संस्थापक या गतिलो एकजना स्रस्टा योगेश राल्फालीको हो । जुनसुकै काम सुन्यबाट शुरु हुन्छ अनि कुन विन्दुसम्म पुग्न सक्छ त्यो अनुमान मात्र गर्न सकिन्छ । जब एक एक गदै खुड्किलो पार गरिन्छ हिड्दै गर्दा जति ठेस खाएपनि, दुख खेपे पनि फर्केर हिजोको दिन सम्झदा पक्कै आनान्द त आउछ नै । फेरि राल्फाली भन्नुहुन्छ “हिजो सुन्यबाट शुरुवात भएको पक्कै हो । आज विकासको क्रम जारी छ सहभागीताले व्यापकता पाएको छ, नयाँ नयाँ स्रस्टाहरूको जन्म र विकास हुँदैछ । त्यसैले यसको अन्त्य होइन अनन्त निरन्तरताको लागि आम तामाङ स्रस्टाहरूमा आह्वान छ ” । तामाङ स्रस्टाहरूलाई गरिएको अह्वानसँगै ९१औं शृंखलामा बाचित राल्फालीको गजल, तामाङ भाषाको !!
ल्हामान ताजि ङाला सेमताम उसि चिबा
जो तागाई माङग्यार प्योल तेगे म्हान्जि
ह्याङला ह्युल्सा छ्युत छ्युत म्राङमाम्
तिरेम दज्र्योइ थोसि ज्योमोगाङ ख्रेगे म्हन्जि
पक्कै पनि धेरै लामो समय थुनिएका हाम्रा मुखहरू अब बन्द छैनन् बोल्नुपर्छ, जुट्नुपर्छ । यस्तै आह्वानका शब्दहरू उनिन्छन् स्रस्टाहरूको कलममा र रुप लिन्छ गजल, कविता, तांका अनि अरु विधाका । उनिएका शब्दहरूको मूर्तरुप जो रचनाहरू आफ्नै स्वरमा गुन्जिछ एउटा “तामाङ डाजाङ” नामको चौतारीमा दौतरी, अघिल्लो पुस्ता र कहिले कलिला नानीको सामु पनि । यस्तै आफ्नी प्यारी छोरी स्माइल स्याङतानलाई डोराउदै “ग्योइकाइ गेताङ”मा आइपुगेका काभ्रे मेच्छेका बाबुलाल स्याङतान जात्रामात्रामा गालामा हात राख्दै गाउने फापर गीतबाट जात्रामै पुगेको अनुभुति दिलाउँदै गाउँछन् फापर गीत ः
क्यार्सेला म्हाबार ह्रिन्हाङरी
म्हेन्दोम छार्जिम पाडाला
तेमाल नाम्साला च्याङबासे
दोङराप काइरन प्रसाल्ला
तामाङहरूको फापर गीतदेखि गजल, कविता मात्र होइन तांका, हाइकु निबन्ध, कथा र उपन्यस जस्ता विधामा पनि तामाङ स्रस्टाहरूले कलम चलाउँदै आएका छन् । जो स्रस्टाहरूको जन्म हुँदै गएको छ त्यसमा “तामाङ डाजाङ”को भूमिका महत्वपुर्ण रहेको छ, नजिकबाट बुझ्ने यसै भन्छन् । “यही त हो डाजाङको उदेश्य तामाङ सृस्टहरूको कलमलाई तिखो पार्ने अवसर दिलाउने र नयाँ नयाँ स्रस्टा जन्माउने” भन्नुहुन्छ “तामाङ डाजाङ”का अध्यक्ष बुद्ध योन्जन । यसैबीच “तामाङ डाजाङ”मा गतिला रचनाहरू पस्किरहनुहुने स्रस्टा एवं सन्चारकर्मी तीर्थमान बल तामाङ यसो भन्नु हुन्छ -“यो अवस्थामा आएर ग्योइकाई गेताङला नियाल्दा जुनसुकै जाति र समुदायको पहिचान भनेकै भाषा र साहित्य हो । भाषा र साहित्य मार्फत तामाङ जातिलाई ब्युझाउने काम “तामाङ डाजाङ”ले गरेको छ । यो सकरात्मक र तामाङ जातिको भाषा, साहित्य र राष्टिय विकासमा “तामाङ डाजाङ”ले अग्रपंतिको काम गरेको छ ।”
हुन त “तामाङ डाजाङ” पहिलो होइन साहित्यिक शृंखला चलाउने, निरन्तरता नपाएको मात्र हो । देशमा लागेको संकटकाल, प्रशासनसँगको जोखिम मोलाई, विभिन्न हेर्ने आँखाहरू तैपनि बिचलित नभएको “तामाङ डाजाङ”को साहित्यिक यात्रामा अनवरत पाइलाहरू चलिरहेको छ । सकरात्मक पक्ष उपत्यका र मोफसलमा पनि यस्तै प्रकृतिका शृंखलाहरू शुरु भएको छ र चल्दै पनि छ । यो खुशीको कुरा हो । राज्यले यो वा त्यो अर्थमा उपेक्षामा परेको तामाङ भाषा संरक्षण र साहित्य विकास गर्न हजारौं माइलको बाटो हिंड्नु छ । साहित्यका सर्जकहरू साथमा साहित्यिक केसेली फुकाउने, बिसाउने चौतारी “तामाङ डाजाङ”, जो भाषिक आन्दोलनकर्मी र साहित्यिक स्रस्टाहरूको साझा मन्च हो ।
