Skip to content

पद्य कविता

आफ्नो घर

  • by

विचार ! घुस तेजिला, हृदयमा उज्यालो भर
अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर ।
दिनोदय समानको मधुर दृश्य देखाउन
हजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन ।

माली

  • by


बिनी बिनी बीउ सजाउँछु
दिलको सलिल छरेर भिजाउँछु

बिरुवा बहुत बढाई,
जीवनभित्र सुगन्ध भिजाउँछु
कलिला फूल फुलाई
उमङ्गहरूमा म वसन्त फुलाउँछु
नव मलयपवन बहाई ।

झरना

  • by

पहाडको शिखरबाट
     देखें झरेको जल ।
मेरो मनमा बत्ती बले
     हजारौं झलमल ॥
त्यो पानीको झरनामा
     शक्ति कति छ लुकेको ।
देख्‍न सके कति त्यसमा
     बत्ती बिजुली बलेको ॥

२१औ शताब्दीको म भाग्यमानी

  • by

२१औ शताब्दीको म भाग्यमानी
त्यसमाथि नेपालको राजधानी
हाहाकार यहाँ, सधैँ त्राही-माम
परिचय नै हराएको म बेनाम

अपरिचित छन्, नखोज मित्र
भरोसा छैन नबस मनभित्र
स्वार्थ हरदम, व्याप्त सर्बत्र
हत्या ईमानको, सत्य अलपत्र

२०११ को गन्तव्य : नेपाल

  • by

राम्रो हेर्दै पुलकित हुँदै रम्यतामा रमायो
यौटा यात्री सरलपथको भव्य यात्रा समायो
नौला-नौला अनुभव कला जिन्दगीमा लिएर
कोठाभित्रै चलमल बिना बाँच्नु घाटा खिएर

भोग्नै राम्रो प्रकृतिरसमा जिन्दगीका बहार
आँखा हाम्रा अपलक सदा देख्न राम्रो अपार
टाढा-टाढा, नव-नव कला देख्नलाई हतार
घुम्ने,हेर्ने सुअवसर यो-लाग्छ यो हो असार

दोष के नै थियो र मेरो केवल आमा बन्न सकिन

  • by

साथ दिन्छ्हु भन्थ्यौ मलाई
अन्तिम श्वाससम्म पनि
तिमी फूल म भमरा भनी
आउथ्यौ सधैं रवि बनी

बिश्वास यति गरें तिमीलाई
त्योभन्दा पर सत्य थिएन
जलायौ मेरो हृदय तिमीले
शरदमा पनि शितल मिलेन

20110219_LaxmiPrasadDevkota_Moon

प्रश्नोत्तर

‘के हो अहो ! अमृत त्यो सुरदेव पान ?’
‘सच्चा कमाइ गरिखानु भनेर जान ।’
‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ ?
‘आफू मिटाई अरुलाई दिनु जहाँ छ ।’

‘पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?’
‘तर्किन्छ त्यो रूखमनी, जुन साथ मिल्छ ।’
‘देखिन्छ ईश कुन मन्दिरमा पसेर ?’
‘त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।’

पछि हड्नु हुन्न अब

  • by

दुखाए नि मुटुहरू थापीराख छातीहरू
सक्ने छैनन् सामन्तीले चलाउन लाठीहरू ।
अन्याय र अत्याचारलाई भण्डाफोर गर्नै पर्छ
अधिकार पाउनलाई अब हामी लड्नै पर्छ ।।

प्रिय नेपाल बन्दैछ लाक्ष्यागृह कसो गरुँ ?

  • by

प्रिय नेपाल बन्दैछ लाक्ष्यागृह कसो गरूँ ?
शकुनी सोचका पासा भिल्लका हातमा चरु
बाल सन्ततिका साथ आमा कुन्ती निरीह छिन् ।
जनता जल्न खोज्दैछन् खरानी हुन के गरूँ ?

BinuTamang

जीवन कहिल्यै फर्कन सक्दैन

  • by

मलाई थाहा छ डढेलो गएको वनमा फेरि जराबुटा पलाउन सक्छ
साउनको भेलले बगाएर बंजर भएको भूमिमा फेरि खेती हुन सक्छ
तर यो मेरो खरानी भएको मन कहिल्यै हरियो हुन सक्दैन
मातृत्वको मृगतृष्णा झै भट्किएको जीवन कहिल्यै फर्कन सक्दैन

मलाई लागेको थियो तिम्रो जन्मले मेरा सबै सपनाहरू पुरा हुनेछ
यो अभाव र रिक्तताले भरिएको जीवन सबै भरिपूर्ण हुनेछ
त्यही सपना बुन्ने क्रममा म एकहोरो ममता बर्साईरहन्थे
माया ममता सर्वस्व तिमीलाई सुम्पी स्वप्न संसारमा हराईरहन्थे

पार्टी पार्टी नेपाली गर्छन सामना

पार्टी पार्टी नेपाली गर्छन सामना,
छैन कतै कसै प्रति शुभकामना !
शुभकामना मेरो शुभकामना,
नगर भो सामना, शुभकामना !!

सबै पार्टी मिली जुली देश बनाऊ ,
विरोधको लागि विरोध गर्न नजाऊ
फूलको बोट रोपेर मल जल गर,
अन्त्य गर रिसको, भो भो नलर !

लैजाउ

आकाश धर्तीको के राख्नु सम्बन्ध हाम्रो
डोरी म तोड्छु,तिमी नयाँ बाटो लैजाउ ।।
क्षितिज शहर छोडि टाढा-टाढा जादैछ
दु:ख मेरो भागमा,सुखको पाटो लैजाउ ।।

गहभरी बिषादि पालेर,परेली नभिजाउ
आत नभिजेन, एक झरी बर्षात लैजाउ ।।
उपवन सधैं ढकमक्क भईरहोस् तिम्रो
मन चुडेर दिएको छु,यो सौगात लैजाउ ।।

गाउँलेहरू

रातदिन कुटोकुम्लो गर्ने गाउँलेहरू
जति जोताए पनि मुस्काउने गाउँलेहरू
भोकभोकै बगेका पसिना सुकाउनेहरू
मन भरीको दुःख आफैभित्र लुकाउनेहरू

तर पनि भोलिको मिठो आशमा रमाएकाहरू
एक्कैछिन आनन्दले हातगोडा फिंजाएकाहरू
आज अलपत्र यत्र तत्र छरिएका छन्
कति त माटो मुनी त्यसै पुरिका छन् ।।

यसपाली पनि सकिन आउन

  • by

यसपाली पनि सकिन आउन
यसपाली बुबा सकिन आउन मुख हेर्ने औंसीमा
नहेर्नु बाटो आउछ कि भनी बसेर कौसीमा
बर्ष र दिनको रमाइलो चाड बाउको मुख हेर्ने दिन
दुरीले पर बसेनी बाबा सम्झन्छु छिनका छिन
सबैका घर आउदा हुन आज लिएर कोशेली
सम्झेर म चाहिं विदेशमा आँखा पारेर बलेसी
यसपाली बुबा सकिन आउन मुख हेर्ने औंसीमा
नहेर्नु बाटो आउछ कि भनी बसेर कौसीमा।

शिक्षा

  • by

शिक्षा हो नव ज्योति हजुरको ज्ञानको मुहान दिने,
यै हो ज्योति दिने यो विश्वमा आखाँ खुलाइ दिने ।
शिक्षा पढौँ भाइ बहिनीहरू विद्वान् बन्ने गरौँ
शिक्षाले व्यवहार परिवर्तन गरी विश्वमा शान्ति छरौँ ।