पद्य कविता
२०११ को गन्तव्य : नेपाल
राम्रो हेर्दै पुलकित हुँदै रम्यतामा रमायो
यौटा यात्री सरलपथको भव्य यात्रा समायो
नौला-नौला अनुभव कला जिन्दगीमा लिएर
कोठाभित्रै चलमल बिना बाँच्नु घाटा खिएर
भोग्नै राम्रो प्रकृतिरसमा जिन्दगीका बहार
आँखा हाम्रा अपलक सदा देख्न राम्रो अपार
टाढा-टाढा, नव-नव कला देख्नलाई हतार
घुम्ने,हेर्ने सुअवसर यो-लाग्छ यो हो असार
जीवन कहिल्यै फर्कन सक्दैन
मलाई थाहा छ डढेलो गएको वनमा फेरि जराबुटा पलाउन सक्छ
साउनको भेलले बगाएर बंजर भएको भूमिमा फेरि खेती हुन सक्छ
तर यो मेरो खरानी भएको मन कहिल्यै हरियो हुन सक्दैन
मातृत्वको मृगतृष्णा झै भट्किएको जीवन कहिल्यै फर्कन सक्दैन
मलाई लागेको थियो तिम्रो जन्मले मेरा सबै सपनाहरू पुरा हुनेछ
यो अभाव र रिक्तताले भरिएको जीवन सबै भरिपूर्ण हुनेछ
त्यही सपना बुन्ने क्रममा म एकहोरो ममता बर्साईरहन्थे
माया ममता सर्वस्व तिमीलाई सुम्पी स्वप्न संसारमा हराईरहन्थे
यसपाली पनि सकिन आउन
यसपाली पनि सकिन आउन
यसपाली बुबा सकिन आउन मुख हेर्ने औंसीमा
नहेर्नु बाटो आउछ कि भनी बसेर कौसीमा
बर्ष र दिनको रमाइलो चाड बाउको मुख हेर्ने दिन
दुरीले पर बसेनी बाबा सम्झन्छु छिनका छिन
सबैका घर आउदा हुन आज लिएर कोशेली
सम्झेर म चाहिं विदेशमा आँखा पारेर बलेसी
यसपाली बुबा सकिन आउन मुख हेर्ने औंसीमा
नहेर्नु बाटो आउछ कि भनी बसेर कौसीमा।



पार्टी पार्टी नेपाली गर्छन सामना,
आकाश धर्तीको के राख्नु सम्बन्ध हाम्रो
रातदिन कुटोकुम्लो गर्ने गाउँलेहरू