नयाँ युगको रथ हाक्न नयाँ बन्नुपर्छ
गरिब-दुःखी निमुखाको दया बन्नुपर्छ ।
सर्वोच्च हुन् जनता नै अभिमत ठूलो
कहिले सुन बनाउँछन् कहिले भुइँको धूलो
जनताले सुधि्रनलाई दिएका हुन् मौका
सुदृढ बन अब पुग जन चुलो चौका ।
हातेमालो गर्न जाउ जनतासँग त्यहाँ
भोक र शोकले तड्पिएका नेपाली छन् जहाँ
दूर दराजमा नूनसँग ढिँडो चोपी खाने
तिनैसँग भिज्न जाउ बुझ्छौ हारको माने ।
किसान, मजदुर, भरिया र ज्यामीलाई पढी हेर
मधेसबाट पहाड हुँदै हिमालसम्म चढी हेर
केन्दि्रत भइरहृयौ तिमी सहरमा सौखिन भई
अग्रगामी भएनौ रे, बुझ बुझाउ गाउँमा गई ।
लोकतान्त्रिक भन्छौ आफैँ तिमी त्यस्तो भएको खै ?
हातेमालो मिलाएर एक भई अघि गएको खै ?
तिम्रा सबै संरचना साच्चै नयाँ बन्नुपर्छ
अग्रगामी बनी तिमी नयाँ सिढीँ चढ्नुपर्छ ।।
-श्रीस्वणिर्म बिहानी साहित्यिक प्रतिष्ठान, शीत्तलपाटी-६, सिन्धुली