Skip to content


राती निद्रा लाग्दैन, सुत्न खोज्दा पनि।
जबरजस्ति आँखा चिम्ल्यो, निदाइन्छ की भनि॥
अहँ, के निदाइन्थ्यो, झन् बिग्रिने ताल।
लौन हजुर बताइदेउ न, के भको यो हाल॥

बिहान दिउँसो भए पनि अलि चित्त बुझ्थ्यो।
दिनभरी सुते पनि, अलि यो मन बुझ्थ्यो॥
न दिन मै निद्रा छ, न रातमा हुन्छ।
आँखा झीमिक्कै पो हुन्न हो, खालि यो मन रुन्छ॥

भोक पनि के भको हो, लाग्दैन हो अचेल।
एक्लो पनको डर पनि, भाग्दैन हो अचेल॥
केहि होला भन्ने आशा, जाग्दैन हो अचेल।
भित्रैदेखि केहि कुरा, भाग्दैन हो अचेल॥

लौ के गर्नु त, अब जिवन रैछ यस्तै।
एक्लो मन, एक्लो मुटु, दिल पनि त्यस्तै॥
होस् पनि हुन्न कहिले, मन बसमा छैन।
यि सबै भाको कतै, तिम्रो यादमा त हैन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *