Skip to content

मैले के गरुँ, यसलाई राखूँ कि अर्की बिहे गरुँ ।

हेss गालाभरि पाउडर दलेर
हिँड्छे मेरी मलाई नै छलेर
मैले के गरुँ, यसलाई राखूँ कि अर्की बिहे गरुँ

साडी देको काँ राखी काँ राखी
लाउँछे पाइण्ट मलाई नै हो ढाकी
मैले के गरुँ, यसलाई राखूँ कि अर्की बिहे गरुँ

सिन्दुर लाउँन भनेको मोरीलाई
अण्टी भन्न सिकाइछे छोरीलाई
मैले के गरुँ, यसलाई राखूँ कि अर्की बिहे गरुँ

साडी लाउँदा भुँडी चैँ ह्वाङ्गै छ
चोली काटी पिठ्यूँ चैँ नाङ्गै छ
मैले के गरुँ, यसलाई राखूँ कि अर्की बिहे गरुँ

हातमा मेदी सिल्की केेश राखिछे
आँखी भौँ त उखलेरै नासिछे
मैले के गरुँ, यसलाई राखूँ कि अर्की बिहे गरुँ

घरको कामले धेर दुख पाइयो रे
अधिकार किचेनमै चाइयो रे
मैले के गरुँ, यसलाई राखूँ कि अर्की बिहे गरुँ

अर्ती दिन्छु गाली भो भन्छे
छिमेकीलाई सब कुरो कहन्छे
मैले के गरुँ, यसलाई राखूँ कि अर्की बिहे गरुँ

पैसा चाइए आउँछे मैनेरि
म चैँ बूढो छिमेकी तन्नेरी
मैले के गरुँ, यसलाई राखूँ कि अर्की बिहे गरुँ

टिभि किन्यो रिमोट चै उसको रे
समाचारले सिरियलै छुट्यो रे
मैले के गरुँ, यसलाई राखूँ कि अर्की बिहे गरुँ

दिन काट्छे माइतीकै धाकले
मर्छु क्यारे स्वास्नीकै तापले
मैले के गरुँ, यसलाई राखूँ कि अर्की बिहे गरुँ

बेरोजगारले कसरी पाल्नु
न त बेच्नु न कतै फाल्नु
मैले के गरुँ, यसलाई राखूँ कि अर्की बिहे गरुँ

साथीहरुका कस्ता छन् स्वास्नी
आफ्नी चैँ त यस्तै छे राक्षस्नी
मैले के गरुँ, यसलाई राखूँ कि अर्की बिहे गरुँ
मैले के गरुँ, यसलाई राखूँ कि अर्की बिहे गरुँ ।

(नारी दिवसकाे उपलक्ष्यमा घरकी नारीलाई एक प्याराेडी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *