सर्वाधिक पुरस्कार राशिको विश्वब्यापी नेपाली कविता प्रतियोगिता हुँदै
सर्वाधिक पुरस्कार राशी सहित विश्वब्यापी नेपाली कविता प्रतियोगिता हुनेभएको छ । प्रतियोगिता सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको हो । सर्वोत्कृष्ट हुने कविले पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँसहित प्रमाणपत्र पाउने छन् । यो राशी कविता प्रतियोगितामा अहिले सम्मकै सर्वाधिक पुरस्कार राशिरहेको कुरा संस्थाको अध्यक्ष कृष्ण विश्वकर्मले बताउनु भयो ।

सम्मान शब्दले आदर, सत्कार गर्नु भन्ने अर्थ राख्दछ । नेपाली शब्दकोश अनुसार सम्मान भन्नाले विशेष मान, ठुलो आदार वा सत्कार, इज्जत, प्रतिष्ठा भन्ने बुझिन्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गाउँ, समाज र राष्ट्रका लागि केही गरौं भन्ने सामाजिक भावनाले ओतप्रोत भई निःस्वार्थ रुपमा सामाजिक सेवामा लाग्ने व्यक्ति नै समाजका सम्मानित व्यक्तित्वहरू हुन । यस्ता व्यक्तिहरुलाई समाजले कुनै न कुनै रुपमा सम्मान गरिरहन्छ ।
यही २०७१ साल कार्तिक २१ गते (Nov 7, 2014) शुक्रबारका दिन ‘ देश दुखेको बेला’ नामक कवितासंग्रहको विमोचन कार्यक्रम सम्पन्न हुन लागेकोले उक्त कार्यक्रमको सफलताको लागि हजुरको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु ।