नाटक/एकाङ्की

क्रमभङ्ग (लघुनाटक)

  • by

(मन्चमा बिचार १, बिचार २, बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ, उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन, कोही प्रश्न गर्न थाल्छन )
बिचार १ – नहुने काम भयो !
बिचार २ – कस्तो काम ? कस्तो नहुने काम ?
बिचार १ – नसोचेको काम, हित बिपरीतको काम, लापर्बाहीको, सत्य लिलामीको काम !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ट्वाइलेट-भूत (बाल-एकाङ्की)

  • by

पात्रहरू ः- (१) रमेश- (संस्थापक), (२) कृष्णप्रसाद- (प्रधानाध्यापक) र (३) श्यामदास, गेहेन्द्रभूषण, शारदारमण, तेजप्रकाश, रामबाबु, अशेष, सरुभक्त, ध्रुव, शारदा, बिमल, छायाँदत्त, कृष्ण र सौरभकिरण (क्रमशः नर्सरी, एल.के.जी., यू.के.जी., एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ र दस कक्षाका विद्यार्थीहरू ।)

(पूर्वपश्चिम फर्किएको चार तले स्कूल छ । कक्षाकोठामा शिक्षक र विद्यार्थीको सामान्य कल्याङ्मल्याङ् आवाज आउँछ । दुई घण्टी लागेको आवाज सुनिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

टुक्के दिदी (बाल-एकांकी)

  • by

पात्रहरू ः- करिव १३, १४ वर्षका बालबालिकाहरू -(१) मीरा, (२) शीला, (३) नीरा, (४) धीरज र (५) करिब ४० वर्षीय पागलजस्ती लाग्ने हीरा नाम गरेकी महिला

(राजदेवी मन्दिर अगाडिको बरपीपलको छहारीमा चार जना बालबालिकाहरू हीरासँग बसेका छन् । सबैजना हँसिलो चेहरामा छन् । बालबालिकाहरू हीरालाई टुक्के दिदी भन्छन् किनभने उनी बोली नै पिच्छे टुक्काको प्रयोग गर्न माहिर छिन् ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सीप (बाल-एकाङ्की)

पात्रहरू ः-(१) शारदा (अधवैँसे विवाहित मेहनती नारी), (२) बब्लु (रक्स्याहा र अर्धसिल्ली भनेर चिनिने अधबैँसे शारदाको पति), (३) मोनिका (३ वर्षकी बालिका), (४) मदन (मेहनती ११ वर्षको बालक) (५) धुथर (५५ वर्ष नाघेको साहू) (६) नेपथ्यमा अरू मानिसहरू ।

(काँधमा घन र हातमा छिनु बोकेर कतै जान उभिएको मदन देखापर्छ । शारदा सुसेधन्दामा व्यस्त छिन् । मोनिका मस्त निधाइरहेकी छे । बब्लु भने ओल्टेकोल्टे फेर्दै ओछ्यानमै लडिरहेको छ ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सानो संसार र होचा मान्छेहरू (बाल-एकांकी)

  • by

पात्रहरू ः-(१) उमेश (८ वर्षको बालक), (२) धनप्रसाद (८० वर्षका वृद्ध), (३) सन्तोष (३७ वर्षीय प्रधानाध्यापक)

(घरको दलानमा नाति उमेश र हजुरबुवा धनप्रसाद बसेका छन् । धनप्रसाद केही सकसमा परेका देखिन्छन् ।)

उमेश ः- (धनप्रसादको मुख हेर्दै) हजुरबुवा यत्ति ठूलो संसार कसरी सानो भयो ?

धनप्रसाद ः- (झस्कँदै र मनमनै) अब नातिले सताउने पर्यो, कसले यसलाई के भन्दियो कुन्नि, मैले पुष्टि नगरी हुन्न, फेरि चित्त बुझ्दो उत्तर नपाएसम्म छाड्दै छाड्दैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोवाइल-गाथा (बाल-एकाङ्की)

  • by

पात्रहरू ः- १३, १४ वर्षका अहिल्या, द्रोपदी, कुन्ती, तारा र मन्दोदरी नाम गरेका बालिकाहरू र नेपथ्यबाट मोवाइलको तर्फबाट बोल्ने अर्को एक पुरूष पात्र ।

(खेल मैदानको छेउमा विशाल रूखमुनि पाँच जना बालिका बसेर कुराकानी गरिरहेका छन् । त्यहीँ नजिक एउटा मोवाइल पनि छ ।)

अहिल्या ः (खुशी हुँदै) आज कस्तो संयोग जुरेको । अहिले यहाँ हामी पञ्चकन्या मात्र छौँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साना गुरुहरू (बाल-एकांकी)

  • by

पात्रहरू : (१) अशोक, (२) राधा, (३) ज्ञानिता, (४) मनोज र (५) हरिश

(मञ्च दुई भागमा विभक्त छ । एक भागमा केही रूख र बुट्टाबुट्टी छन्, मौरीको घार छ । चराहरू स्वतन्त्ररूपले रूखका हाँगामा रमाइरहेका छन् । छत्तीस वर्ष उमेर भएको अशोक हातमा गुलेली र काँधमा झोला भिरेर चरा मार्ने ध्याउन्नमा यताउति गरिरहेको देखिन्छ । मञ्चको अर्को भागमा राधा, ज्ञानिता, मनोज र हरिश नाम गरेका दशबाह्र बर्षका चार जना केटाकेटीहरू खेलिरहेका देखिन्छन् । केही बेरमै उनीहरू कोलाहल गर्दै लुकामारी खेल्न थाल्छन् । त्यत्तिकैमा अशोक रिसले मुर्मुरिँदै आउँछ र उनीहरूलाई हकार्न थाल्छ ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अभियान (बाल-एकांकी)

  • by

पात्रहरू :-(१) दीक्षा, (२) रितेश, (३) सितेश (क्रमशः ११, १२ र १३ वर्षका धनी परिवारका बालबालिका हुन् । यिनीहरूमध्ये सितेश र दीक्षा दाजुबहिनी हुन् ।) (४) रोजिना र (५) कमलेश (क्रमशः १० र १२ वर्षका गरिव परिवारका बालबालिका हुन् । उनीहरू दाजुबहिनी हुन् । रोजिना जन्मजात अपाङ्ग भएकीले बैशाखी टेकेर हिँड्छिन् ।)

(राजदेवी चौकमा रहेको चटपटे ठेला नजिक चटपटे खाइरहेका तीन जना बालबालिकाहरू देखिन्छन् । बेलाबेलामा स्कूल पढेर घरतिर लागिरहेका अरू विद्यार्थीहरू पनि देखिन्छन् ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो देश राम्रो बनि देशवासी बाँच्नु पर्छ

गजल ( वर्तमान परिवेशलाई )
— दिंग्लाली कान्छो

मेरो देश राम्रो बनि देशवासी बाँच्नु पर्छ
सुख दु:ख सबै बाँडी हामी साथै नांच्नु पर्छ

घर रहे सबै जात अट्छ होला यसै भित्र
फोर्छु भन्ने लाई आजै हात खुट्टा भांच्नु पर्छ

छेपाराको रंग जस्तै बोलि संधै फेरिनेको
राष्ट्रीयता छ की छैन कसी घोटी जाँच्नु पर्छ

पराईको आँखा हाली आमा चुस्ने हरुलाई
एक दिन ठिक पार्न बल बुद्धि साँच्नु पर्छ

हल्लिएको भित्तो थाम टाल टुल पारिकन
मनै देखि आफ्नो भए सारा मिलि खांच्नु पर्छ

** [ खांच्नु = माया गर्नु , चुम्नु ]

— बिराटनगर – ४, नेपाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चन्द्रमामा हनिमून

  • by

प्रेमी-प्रेयसी, हामी हाम्रो हनिमून चन्द्रमामा यसरी मनाइरहेछौँ । हामी भर्खरै चन्द्रमामा अवतरित रकेटबाट ओर्लिएका छौँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मान्छेः समय, परिस्थिति र निर्णयको बन्दी

सूत्रधारः- त दर्शकवृन्द ! आज मबाट ठूलो गल्ती भएको छ । त्यसका लागि मलाई क्षमा गर्नुहोला । तपाईंहरू सबै नाटक हेर्न आउनु भएको छ र म नाटक देखाइहाल्न नसक्ने भएको छु । प्राविधिक गडबडीहरू छन् । माफ पाउँ दर्शकवृन्द ! माफ पाउँ । (झुकेर प्रमाण गर्छ । दर्शकदीर्घाबाट हल्लाखल्ला आउँछ ।) शान्त ! दर्शकवृन्द, शान्त । यौटा खुसीको खबर छ । नाटक सुरू नहुञ्जेलसम्म हामी तपाईंहरूलाई एउटा जीवनको विज्ञापन देखाएर मनोरञ्जन प्रदान गर्ने छौँ । जीवन आहाहा ऽऽऽऽऽऽऽ सुन्दर शान्त जीवन !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आऊ नाटक खेलौँ !

  • by

(मञ्चमा केही विद्यार्थीहरू गोलो घेरा बनाएर उभिएका हुन्छन् । स्वागत, सम्पदा, श्रेया, आरिफ, बिनिता, आकार, सनीर, दावा सबैजना ध्यानमग्न देखिन्छन् । उनीहरू सबैले एक-अर्काका हात समातेका छन् । सबैले आँखा बन्द गरेका छन् । नाटकका निर्देशक बालक स्वागत र नाटककार बालिका सम्पदाको आँखा भने खुल्लै हुन्छ । उनीहरू सबैजनाले बाघ, भालु, हात्ती, सिंह, दुम्सी, खरायो, कछुवा, गैँडा, स्याल, मयुर आदिका भेषभुषा लगाएका हुन्छन् ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राष्ट्रिय एकता (बाल–एकाङ्की)

परी : बाबू हो ! आज म तिमीहरूलाई एउटा अचम्भको कथा सुनाउँछु । नडराउनु नि ।

निधि : हुन्छ, हुन्छ । बरू सुरू गरिहाले हुन्थ्यो ।

परी : (मुस्कुराउँदै) धैर्य गर, अधैर्य नामको रोग छ भने तुलसीको पत्ता खाओ र फुर्ती बढाओ । हिम्मत छ भने हुती बढाओ, छैन भने आँसु बगाओ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेलमिलाप

  • by

(मञ्च दुई भागमा विभक्त छ । एक भागमा केही रुख र बुट्टाबुट्टी छन्, मौरीको घार छ । चराहरू स्वतन्त्ररूपले रुखका हाँगामा रमाइरहेका छन् । छत्तीस वर्ष उमेर भएको अशोक हातमा गुलेली र काँधमा झोला भिरेर चरा मार्ने ध्याउन्नमा यताउती गरिरहेको देखिन्छ । मञ्चको अर्को भागमा चार जना राधा, ज्ञानिता, मनोज र हरिश नाम गरेका दशबाह्र बर्षका केटाकेटीहरू खेलिरहेका देखिन्छन् । केही बेरमै उनीहरू कोलाहल शब्दका साथ एकअर्कामा हात हालाहाल गर्न थाल्छन् । लुगासुगा च्यातच्युत हुन्छ । त्यत्तिकैमा अशोक रिसले मुर्मुरिँदै आउँछ र उनीहरूलाई भकुर्न थाल्छ ।)

अशोक ः तिमीहरू अरूको पेटमारा रहेछौ । तिमरूको हल्लाले मेरा सिकार उडे ।

राधा ः (रुञ्चे मुहार पार्दै) विराउनु केही छैन । झगडा हामी बीचको हो । किन कुट्नु भयो ?

ज्ञानिता ः नविराउनु नडराउनु । हामीले कसैको पेटमारेका छैनौँ ।

मनोज ः (गाला सुम्सुम्याउँदै) यो सार्वजनिक ठाउँमा बसेर हल्ला गर्दा पनि पिटाइ खानु हामी माथि गरेको अत्याचार हो ।

अशोक ः (कुट्न झम्टिदै) अझै पुगेन । हल्ला गर्छौ ? सबका मुखमा ताला लगाई दिन्छु । बातले नमाने लातको प्रयोग गर्नुपर्छ भन्ने मलाई थाहा छ । विना कुटाइले शान्ति नै आएन है ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उखाने दाइ (बाल–एकाङ्की)

  • by

(ठूलो चौरमा रहेको रूखको छहारीमा चार जना बालबालिकाहरू बसेका छन् । उनीहरू विजेन्द्रको खोजीमा उत्सुक चेहरा लगाएर यताउता हेर्छन् ।)

सुजन ः— (चारैतर्फ हेर्छ, एक्लै भुतभुताउँछ ।) उखाने दाइ आए त कति रमाइलो हुन्थ्यो ।

धीरेन्द्र ः— (सुजनतिर हेर्दै) हैन, ए सुजन ! के भन्दै छौ ? कि हामीलाई सराप्दै छौ ?

अमित ः— झिँगाको सरापले डिँगो मर्दैन भनेझैँ सुजनको चाहनाले हामीलाई केही लछार पाटो लगाउन सक्दैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लाल सूर्य उदाइरहेछ

अमृत :- यो सैनिक पोशाक लगाउन पाइएको छ जनसेना कहलाउन भेट्टाइएको छ । कहिले सम्मानजनक भविष्य देख्छु कहिले गद्दार घोषणा भइएलाकी भन्ने त्रास बोक्छु । आखिरमा न उँभो न उँधोको जीवन विताइरहेको छु जस्तो लागिरहेको छ ।

अनमोल :- के गर्ने र जीवन हत्केलामा लिएर लडिएकै हो । निरंकुशताका मतियारहरूलाई, जनहत्याराहरूलाई पाखा लगाएकै हो । व्यक्तिगत जीवनलाई तिलाञ्जली दिएर राष्ट्रिय हितमा जीवन अर्पेकै हो र पनि यो क्यान्टोनमेन्ट नामक जेलभित्र कैद भएर बसिराख्नुपर्ला कि जस्तो भएको छ ।

आस्था :- घरपरिवारको माया ममतालाई बिर्सेर निमुखा वर्गको हकअधिकार ठूलो ठानेर युद्धमोर्चामा समाहित भइयो । यत्रो रगतको खोलो उरालियो यत्रो कहरको समुद्र तयार भयो । यस्तो अवस्था जानी-जानीकन किन आखिरमा राज्यले हामीलाई किन सौताका छोराछोरीका रुपमा हेर्दछ ? मेरो मनले त आफैँलाई भन्छ- आगो ओकल्न जानेको छस् आगो पचाउन पनि जानेको छस् । सामन्तको सातो उडाउन पनि सिकेको छस् । विकृतिको भण्डाफोर गर्ने प्रशिक्षण पनि पाएको छस् । दबेर नबस् तँ निकै माथि छस् । गुम्सेर नबस् तैँले नै नयाँ नेपालको निर्माण गर्न सक्छस् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्ध

  • by

कोठाको दृश्य ।

कोठाको दैलो खोलिन्छ । एक युवक हातमा केही पोका झुण्ड्याएर भित्रिन्छ । भित्रबाट दैलो लगाइदिन्छ ।

ग्यासको चुल्हो राखेको ठाउँमा जान्छ । चुल्होमा पानी बसालिदिन्छ । ल्याइएका पोकामध्ये एउटा पोका कफीको हुन्छ जुन बसालिएको पानीमा अलिकति हालिन्छ । अर्को पोकाबाट चिनी हालिन्छ । अरू पोका त्यतिकै छाडिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

“एक इन्डीयनसंगको भेट”

आज बिहानको कुरा हो मेरो इम्प्लोवेर र म होस्पिटल बाट फर्किंदै थियौ बाटोमा थकाई लाग्यो एक हरियो यत्र तत्र मनिस बस्ने सुन्दर गार्डन आइ पुग्यो त्यहाँ एक जना इन्डियन केटा ब्रेंच्मा र बुढो मानिस चाहिं व्हिल चियरमा मानौ त्यहाँ इम्प्लोवेर र वोर्कर्स दुई जना बसेको रहेछन मेरो इम्प्लोवेर र म संगै तीन जना अट्ने ब्रेंच्मा… Read More »“एक इन्डीयनसंगको भेट”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राजनेताको खोजी

  • by

पात्रहरू: १, २, ३ कुर्सी खोज्ने पात्र २ चाहिँ नारी र अरू पुरुष पात्र ४, ५ जनता पात्र

(ठूलो कुर्सी छ । बैठक कोठाको दृष्य छ ।)

१ – (कुर्सी देखाउँदै) यो मेरो भागमा पर्छ मसँग यी समस्या निर्मूलको अचुक ओखती छ केवल सय दिन बस्न दिनुस् ।
२ – आजसम्म लिनु भो अब नारीको भागमा हुनुपर्छ ।
३ – यसको लायक त म हुँ मसँग दक्षिणेको साथ छ सात समुद्रपारिको समर्थन छ । अब सबको समर्थन मलाई हुनुपर्छ ।
१ – मसँग पनि छ, केवल १०० दिन बस्नदिनुस् । सारालाई रिझाउँछु ।
२ – मसँग पनि छ, केवल १०० दिन बस्नदिनुस् । म काम गरेर देखाइदिन्छु ।

नेपथ्य – आखिरमा समर्थन सबसँग छ सबलाई कुर्सी चाहिएको छ यसैमा खुशी लुकेको छ, फुर्ती अडेको छ । हो, कुर्सीका अगाडि देश छैन, जनता चाहिँदैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •