Skip to content

नेपाली कविताको मर्ममा युरोपमा नृत्यात्मक र सँगीतमय प्रस्तुति


बेल्जियम । बेल्जियमका नेपाली साहित्यकारहरूले नेपाल-बेल्जियम साहित्यिक आदान-प्रदानलाई नवीन र रोचक ढङ्गले प्रस्तुत गरेका छन् । ५ नेपाली कवि, करिब १३० बेल्जियन र ८ नेपाली कलाकारहरूले कवितात्मक, नृत्यात्मक र सँगीतमय रूपमा अर्थपूर्ण प्रस्तुति ‘गतिशील भावनाहरू’ (Moving Emotions) गत अप्रिल २५, २०१४ शुक्रवार सम्पन्न भयो ।

नेपाली साहित्य र सँस्कृतिको यसप्रकारको अन्तरकृया, प्रवर्द्धन र प्रस्तुति युरोपको जनस्तरमा दुर्लभै हुने गर्छ ।

पाँच नेपाली कविहरू पंचम अधिकारी, दीपेन्द्र केसी, दीपकज्योति पौडेल, माधव सापकोटा र डिल्ली अम्माईका पाँच नेपाली कविता डच भाषामा समेत उल्था थिए ।

आश्चर्य, आवेग, माया, निरास र आनन्द गरी पाँच प्रकारका रस (भावना)हरूमा लेखिएका कविताहरूको पाँचै विषयवस्तुमा आधारित रही कलाकारहरूले नृत्य र सँगीतमार्फत अभिव्यक्त गरेका थिए । ५०० क्षमताको कार्यक्रम हल स्थानीय दर्शकहरूले खचाखच भरिएको थियो ।

यहाँको लुभेन नगरपालिकाको अयोजना र बेल्जियमबासी नेपालीहरूको सँस्था साँग्रीला समाजको सहयोगमा ६ सँस्थाहरूको सहकार्यबाट कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली कविताको अँग्रेजी उल्था साहित्यकार प्रकाश सुवेदीले गरेका थिए भने सारा भेरबान्द (Sara Verbandt) को डच उल्था समारोहमा श्रोतासामु सुनाइएको थियो ।

अँग्रेजी र डच उल्थासहितका नेपाली कविताहरूको सँग्रह पुस्तकाकार रूपमा प्रकाशित गर्ने योजना रहेको छ ।

पंचम अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *