Skip to content
PurushottamSunuwar


साथी
शब्द सामान्य
सम्बन्ध पनि सामन्य ।
तर
सबैको हकमा
उस्तै नहुन सक्छ ।
हुन नहुन दुवै पाउँछ ।

साथी
जो नभए पनि चल्छ ।
तर जो नभई पनि हुन्न ।

यो
सम्बन्ध नै
गज्वको रैछ ।

जन्मेदेखि
अर्थात आफूले
थाहा पाइञ्जेलसम्म ।
बालक – बृद्व
सबैको साथी हुन्छ र चाहिन्छ पनि ।

जहाँ
जहिले

जोसँग पनि
बन्न सकिने
सजिलो सम्बन्ध साथी ।

भाँडाकुटी
खेल्दादेखि
गोठालो जाँदा
हाट बजार मेलापात मात्र नभएर
स्कुल पढ्दा
कलेज पढ्दा
जागिर खादा
अध्यन अध्यापनको
ज्ञान आर्जन गरे सँगसँगै
कमाउ धन्दामा लाग्दै गर्दासम्म
साथीको लर्को पनि उत्तिकै थपिने ।

अँझ
त्योभन्दा छिटो
त्योभन्दा सजिलो
जिन्दगीमाको
यात्रा गर्दा
पैदल यात्रामा,
बस यात्रामा होस या हवाई यात्रामा
सजिलै नजिकिन सकिने सम्बन्ध साथी ।

फोनको माध्यमबाट
इन्टरनेटको माध्यमबाट
फेसबुक, भाइवर, इमो, वाट्सव इत्यादि –
हुँदै जोडिन सकिने सम्बन्ध साथी ।

त्यति मात्र
कहाँ हो र ?
साथीको साथी पनि
साथीको आफन्तजन पनि
सजिलै साथी बनिदिने,
कति सजिलो छ ।

बुवाआमा
दाजुभाइ, दिदीबहिनी
आफन्तको साइनो
कसैगरी बदल्न मिल्दैन ।

तर साथी ?
एउटा
चित्त नबुझे
अर्को बनिदिन्छन् ।
अर्को चित्त नबुझे अर्कै ।

साथीहरू बद्लिरहन्छन्
कुनै यात्रामा निस्कँदा
ठाउँ बद्लिए झैँ, स्थल थपिए झैँ
साथीहरू थपिदै जान्छन ।

समय
परिस्थिति
बदलिए जस्तै
साथीको सम्बन्ध
थपिने र घट्ने क्रम जारिरहन्छ ।

कुरो यत्तिमात्र
जिन्दगीको यात्रामा
रमणीय क्षेण सम्झिए जस्तै
रमणीय ठाउँ सम्झिए जस्तै
कस्लाई सम्झिरहने
कस्लाई नसम्झने निर्णय आफ्नो हुन्छ ।
तर
साथी शब्दमा सामान्य
सम्बन्ध अपरम्पार छ ।

पुरुषोतम सुनुवार
फिक्कल-५, सिन्धुली/हाल कतार
२५ बैशाख २०७७

Leave a Reply

Your email address will not be published. Required fields are marked *