जन्मेपछि मारिन्छ भन्छन् नि
जन्म र मृत्युको यात्रामा
कयौ पटक मृत्युवरण गरेको मान्छे
गल्तीमा सजाय हर कोहीले पाउँछन्
अनायसमै सजाय भोगेको मान्छे
अफ्ठयारो बाटो हर कोहीलाई सजिलो लाग्दैन
सजिलो बाटो नै विकराल बनिदिएको मान्छे
विजय पथ सबै को रोजाइ हुन्छ
आफूसँग पराजीत मान्छे
परिचय बनाउने होडबाजीमा
आफ्नै अनि आफूसँग अपरिचित भएको मान्छे
जिन्दगीको अनुपम यात्रामा
दोबाटो नै चौबाटो बन्न पुगेको मान्छे
हिड्ने मान्छे अप्सोच लड्छन्
हिड्ने तयारीमै थेचारिएको मान्छे
ज्ञानी बन्नु भन्नु त हाम्रो आशीर्वाद नै हो
ज्ञानता नै अज्ञानता भएको मान्छे
जिन्दगीमा चोट पीडा त सबैलाई हुन्छ नै
पीडा र नमिठो अतितसँगै
अलिकति जिन्दगी बाँचेको मान्छे
हो,
अरूलाई काँडा विज्ज्छ
म फूल नै बिझेको मान्छे
सुन्दर ढुङ्गेल
