Skip to content

kbs

मुखले राम राम बगलीमा छुरा

  • by

मुखले राम राम बगलीमा छुरा बोक्छ
सित्तैमा पायो भने धान हैन भुस धोक्छ

चुरोट गाँजा तान्दै हिड्छ जोगी जस्तै बनी
श्वासप्रश्वास रोक्ला जस्तै रातैभरि खोक्छ

DeepsShah-02

के यो गलत होइन र ?

‘पुरुषको काम कमाइ गर्ने, महिलाको काम घर गृहस्थी थमाइ गर्ने’ भन्ने उखान आज शनै शनै बिस्थापित हुँदैछ । यो अत्यन्त स्वागतयोग्य कुरा हो । बिगतका पछिल्लो दशकबाट महिलाहरू पनि घरको संघार नाघेर कामकाजी बन्न थालेको र स्वावलम्बी हुन थालेकोले यस्ता थोत्रा र निरंकुशी उखान टुक्काहरू बिस्तारै मिथ्या बन्दै गएका छन् । यसो हुनुमा विश्व परिवेशमा आएको छलाङ्ग, शिक्षा स्वस्थ्य बारे ब्यापकता, राजनैतिक सामाजिक परिवर्तन र तीब्र प्रबाह, महिला स्वयंमा आएको सचेतनाको ब्यापक परिवर्तन र समग्र समाजको आमूल सचेत परिवर्तनको ठुलो हात रहेको छ । अबका नेपाली महिला घर देशमा मात्रै कामकाजी नरहेर परदेश सम्म पुगेर शिक्षा उपार्जन अर्थोपार्जन गरी परिवार र समाजलाई टेवा दिन सक्ने भएका छन् । भलै यो सुरुवात हो तर आमा हजुरआमाहरूको पिढीको तुलनामा अहिले आएको यो बिशाल अन्तरलाई भने सन्तोषपूर्ण नै मान्नु पर्छ ।

नारी-पुरुष समानताको तिब्र असर र उपलब्धी मान्न सकिने यो परिवेश सँगै कतिपय नकारात्मक अवस्था पनि सिर्जना भएको भने नकार्न सकिन्न । आधा जसो शिक्षित र कामकाजी महिलाहरूको मानसिकता यस्तो पनि छ कि समानताको अर्थ लोग्ने या परिवारका अन्य सदस्यलाई हेप्नु हो ।

कर्कलाको पानी जस्तै, हाम्रो जिन्दगानी

  • by

कर्कलाको पानी जस्तै, हाम्रो जिन्दगानी ।
श्रवणको भेलै जस्तै, उर्लदो यो हाम्रो जवानी ।।

कसलाई दोष दिऊँ आफै बोल्छ, लजाई ।
के ? लेखे, के? देखे, थाहा छैन, आफैलाई ।।

राष्ट्रिय एकता नै आजको आवश्यकता

जनयुद्ध, जनआन्दोलन–२, मधेस आन्दोलन, आदिवासी, जनजाति, पिछडावर्ग आदिको कारण नेपाल गणतन्त्र नेपाल भई संविधान निर्माणमा सरिक छ । सबै वर्गले अधिकार खोजिरहेका छन् । गठन भएका हरेक सरकार ढलपलको अवस्थामा छन् । जनताले दीर्घकालीन शान्ति र विकासका निम्ति संविधान र स्थायी सरकार खोजिरहेछन् । छिमेकी मुलुक पनि यही मौकामा चौका हान्ने सुरले सीमा अतिक्रमण गर्न, सीमा छेउछाउका जनतालाई दु:ख दिन व्यग्र छ । यिनै राजनैतिक परिदृश्यलाई ओकल्न र नेपालीहरूका जल्दाबल्दा समस्याहरू र तिनको निकास निकाल्न नरी, सिकुटे, भूक्के, लिखुरे, अजिङ्गर र सिंह जस्ता पात्रहरू यस कथामा जन्मे । हिमाल, पहाड, तराई नेपालआमाका सन्तती हुन् । राष्ट्रिय एकता नै समस्या समाधानको अचुक अश्त्र हो ।

शनिबारको दिन थियो । हजुरआमा नाति र नातिनीका साथमा फूलबारीको फलैँचामा बसेकी छिन् । प्रत्येक शनिबार उनले कथा नभनी सुख पाउँदिनन् । आज पनि उनी कथा भन्ने सुरसार गर्न थालिन् ।

महासचिवको बिदाइ

  • by

नवोदित साहित्यिक मोवाइल पुस्तकालय(दोहा, कतार)ले संस्थाका महासचिव महेश्वर नेपालको संस्थागत बिदाइ गरेको छ । उनले संस्थामा पुर्याएको योगदानको प्रशंसा गर्दै एक कार्यक्रमका बिच कदर पत्र प्रदान गरिएको हो ।

कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष तिर्थसंगम राईले कदर पत्र हस्तान्तरण गरे भने अन्य कार्यसमितिका पदाधिकारीहरूले मायाको चिनो स्वरुप क्याननको डिजिटल क्यामरा प्रदान गरेका थिए ।

हाँसी राखौं बोली राखौं

  • by

हाँसी राखौं बोली राखौं, भन्ने माया कहाँ’गो ?
छातीभरि सल्काएर, सम्झनाको आगो

कुहिरोभित्र हराएको, काग झैं पारी गयौ
सँगै जिउने आशा देखाई, जिउँदै मारी गयौ
कुन मोडमा छौ कुन्नि, छैन खबर पा’को
छातीभरि सल्काएर, सम्झनाको आगो

अमेरिकामा अन्तराष्ट्रिय कविता महोत्सव सम्पन्न : रामबहादुर तामाङ प्रथम

आज भजिनियाको वेस्टफिल्ड स्थित होतेल मरियटको सभाकक्षमा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाद्वारा आयोजित दोस्रो अन्तराष्ट्रिय कविता महोत्सव सम्पन्न भयो।

नुवाकोटका रामबहादुर तामांगको ‘सम्बोधन’ प्रथम, क्यानाडा, मिसिसांगाका भावना पोखरेलको ‘चराहरू’ दोस्रो र पोखराका शरण आँसुको ‘असमय’ तृतीय भएको थिए। यसरी पुरस्कृत हुने कविहरूमध्ये प्रथम हुने रामबहादुर तामांगले एक हजार अमेरिकी डलर सहितको हेमसरिता पाठक भानुभक्त काव्य पुरस्कार, दोस्रो हुने भावना पोखरेले तीन सय डलर सहितको शर्मा मुठभरी मोतीराम काव्य पुरस्कार र तृतीय हुने शरण आँसुले दुई सय डलर सहितको बसुन्धरा गणेश रोका देवकोटा काव्य पुरस्कार र प्रमाण पत्र पाउनुहुनेछ।

कानुन

  • by

संबिधान बने पनि
कानुन बने पनि
लागु गरीबलाई न हुने हो
धनीलाई त यहाँ सब छुट छ ।

जति कडा नियम भए पनि
ठुला बडालाई यहाँ
ठुलै गल्ती गरे पनि
कानुनमाथि चढे पनि
सम्मानजनक थुनछेक छ
निमुखालाई यहाँ
सानो गल्ती गर्दा पनि
लाठी र बुट छ ।

मेलम्चीको पानी

  • by

नेपालमा मात्रै पाइने अचम्मको पानी
अमृत हो कि जीवनजल हो मेलम्चीको पानी

राजधानी बासी हेर्छन् आँखा तानी तानी
कहिले आउला मेलम्चीको शुद्ध पिउने पानी

वसन्त

  • by

वसन्त आयो रस-रङ्ग छर्कंदै
सुवास यो बग्दछ सिर्जना धुँदै
मता लता छन् कमनीय कञ्चन
फुलौं फुलौं भई कुकुर्निन्छ यो मन

आँखाभरी फुल्दछ फूल मालती
छातीभरी फुल्दछ फूल मालती
परागले आज धरा छ लत्पत
प्रकाशको आज नवीन छाँट छ

20110701_TirthaYatriPoudel_AsareGeet

असारे गीत

  • by

(आज म तपाईंहरूमाझ रोपाइँ दिवशको पुनित अबसरमा नयाँ प्रस्तुति असारे गीत पस्कदै छु । साथमा सुझाब र सल्लाहको पनि आशावादी छु; “प्रशंसाले मान्छेलाई भुत्ते बनाउछ है !”)

“ओई साइँला… गोरु नारिस…?”
“नारे है… खोल्सापरी बा!”
“रोपार आई पुगे… ?”
“अँ… आई पुगे है …”

जीवन

  • by

जीवन जिउने क्रममा,
यात्राको उकाली ओराली, झरना अनि कन्दराहरूमा
कहिले मच्चिदैँ, कहिले उफ्रिंदै, कहिले बयली खेल्दै, कहिले पछारिदैँ
मेरो आत्मा तिमीलाई प्राप्त गर्ने आशामा,
भूमरीमा रङ्मङिदै
आफ्नो एकलौटी राज गर्ने सपना बुन्दै

हामी नेपाली हौं

  • by

नेपाल विश्वकै सुन्दर अनि शान्त हाम्रो देश
विविधतामा पनि एकरुपता ल्याउन सफल छौं
देश, परदेश जता जाऊ जे गर बन्देज छैन
तर यो सोच, सबभन्दा पहिले हामी नेपाली हौं

NirveekRai-05

साहित्यले अधकल्चो भएको प्रतिभा (पोएट्री फर पिस : अ लिटिरेरि एभनिङ)

  • by

रुसी सांस्कृतिक केन्द्रको सानो कन्फेरेन्स हलमा उक्त कार्यक्रम सञ्चालन हुने तयारी । डा. युवराज भट्टराई मञ्चमा उक्लँदै गर्दा उनलाई मैले झलक्क देखेँ । तर उनले चस्मा भिरेको र दुई दशकपछि उनलाई हेरेकोले अढाई वर्षसँगै कक्षा लिएको, डेढ वर्ष जति एउटै भाँडाको खाना लिएको र साहित्यको कारणले हिमचिम भएको साथीलाई उनी हो कि भनी मैले अन्दाजसम्म गर्न सकिनँ । उनी अमेरिका भासिएको कुराले र चिकित्सक बाहेक कवि पनि हो भन्ने कुरा सोच्न नसक्नाले र उनको नामको अघि ‘डाक्टर’ सम्बोधन नहुनाले पनि त्यसो भएको थप कारणहरू हुनसक्थ्यो । ज्ञानुवाकर पौडेलले उनी अमेरिकाबाट आएको कुरा फुकेपछि भने मैले राम्ररी ठम्याउँदा उनी मेरो पूर्व क्याम्पस (महाराजगन्ज क्याम्पस) को सहपाठी युवराज भट्टराई ‘दीपज्योती’ हुन् भनी पक्का भएँ । त्यसपछि उक्त कार्यक्रममा उपस्थित भएकोमा रमाइलो थपिएको अनुभूत मलाई हुनथाल्यो । धर्के कमिजलाई पेन्टबाहिर झरेको, ३४ इन्चे गोगो पेन्ट, ब्लकहिलवाला जुत्ता, सिल्कि कपाल निधारतिर झर्ने, प्रायः हाँसेर बोल्ने र ठूलोठूलो अक्षरहरू मौलिक पाराले लेख्ने त्यस जमानाको युवराज भट्टराई ‘दीप ज्योति’ सँगको भेटले नोस्टल्जिक भएँ । उनी २०३२ साल (तेस्रो ब्याच) को प्रमाणपत्र तह (सामान्य चिकित्सा) समूहको फस्टब्याइ तथा कविता गोष्ठीमा पुरस्कार थाप्ने कवि थिए । तेस्रो सत्रमा भने भक्तराज दाहालले उछिनेर उनी दोस्रो मात्र । बङ्गलादेशको एमबिबिएसको उनको पढाइ साहित्यले बिगारेको भन्ने कुरा मेरो कानमा परेको थियो । साहित्यप्रतिको अनुरागले उनलाई तै पनि नछाडेको देख्दा उनीप्रति मेरो विशेष श्रद्धा जाग्यो ।

दुई मुक्तक (यस्तो लाग्यो यो घामको राप)

१
यस्तो लाग्यो यो घामको राप तिमीसँग छ
मेरो हरेक प्रश्नको जवाफ तिमीसँग छ
हेर्छौ मात्र न त बोल्छौ, बोलाउँछौ मलाई
हे ! जून यही रुपको, रवाफ तिमीसँग छ

कसरी बन्यो जैसीदेवल ?

  • by

जैसी देवलको इतिहास गोरखापत्रसँग पनि जोडिएको छ । जैसीदेवल सबैले देखेका छन् । काठमाडौँ मरूटोलबाट केही पर गएपछि जैसीदेल आउँछ । अग्लो हुनाले पनि त्यो प्रसिद्ध छ ।

लौरा-थरी थरीका

  • by

उहिलेको काठमाण्डू । त्यसमाथि मीन पचास अर्थात् माछालाईसुद्ध जाडो हुने पुस-माघका पचास दिन । बगेको ढुङ्गे धारो बिहानी ठिहीमा ट्याक्कै जम्थ्यो रे । जमेको धारो लौरो बन्थ्यो रे । त्यही लौरो टक्टक् टेकेर फट््फट् हिँड्थे रे मान्छे उहिले ।

भोजपुरी भाषाको अग्रज भिखारी ठाकुर

  • by

दक्षिणी नेपाल र उत्तरी भारतमा भाषा तथा साहित्यको क्षेत्रमा ठूलो सफलता पाउने भिखारी ठाकुर । अज्ञानता, अशिक्षा, सामाजिक कुरीति र अंधविश्वासको जञ्जीरमा जकडिएको समाजमा उहाँको जन्म भएको थियो ।

20110629_DeepsShah_Samikshya

‘फ्युजन प्रतिविम्व’ छिचोलेपछि उत्रिएको प्रतिविम्व

  • by

भर्चुअल दुनियाँमा भेटिएका मेरा एक अति प्रिय कवि मित्रका अर्थपूर्ण कविताहरू यदाकदा पढ्ने गर्थेँ बिभिन्न वेब-पत्रिकाहरूमा । कसो-कसो एकदिन पत्तो लाग्यो तिनै कवि मित्र त भूगोलको उही टुक्रोमा पसिना पोख्दैरहेछन् जहाँ म छु, याने कि इजरायलमा ! खुशीको सीमा रहेन । फेरि एक दिन संयोगले जुरायो प्रत्यक्ष भेटिन । जति मिठा कविता लेख्छन् त्यतिनै रसदार बोली व्यबहार अनि अझै मिठो हाँसोको प्रत्यक फोहोरा यस्तो लाग्थ्यो मानौँ उनका कविता यसै गरी ओइरिँदा हुन्। यिनै निश्चल प्रकृतिका सौम्य ब्यक्तित्व हुन् नेपाली डायस्पोरिक साहित्यको ईतिहासमा भूमध्य सागरको छेउमा अवस्थित सानो सुन्दर देश इजरायलबाट आफ्नो साहित्यिक कोसेली नेपाली वाङमयलाई सुम्पिने प्रथम युवाकवि अशोक ‘पार्थिव’ तमाङ र उनको त्यो ऐतिहासिक काव्यकृति हो “फ्युजन प्रतिविम्व” जुन कवि पार्थिवको प्रथम प्रकाशित कृति पनि हो।