हाँसी राखौं बोली राखौं, भन्ने माया कहाँ’गो ?
छातीभरि सल्काएर, सम्झनाको आगो
कुहिरोभित्र हराएको, काग झैं पारी गयौ
सँगै जिउने आशा देखाई, जिउँदै मारी गयौ
कुन मोडमा छौ कुन्नि, छैन खबर पा’को
छातीभरि सल्काएर, सम्झनाको आगो
हिउँ झैँ कन्चन माया दिएँ, थिएन खोट
गर्थे बरु प्रयाश्चित, लाग्या’ भए चोट
भाग्यौ किन नुगाएर, म टेकेको हाँगो
छातीभरि सल्काएर, सम्झनाको आगो
हाँसी राखौं बोली राखौं, भन्ने माया कहाँ’गो ?
छातीभरि सल्काएर, सम्झनाको आगो
राजेश रुम्बा लामा “अतृप्त”
२७-०६-२०११
