कोही हुनुपर्छ माया गर्ने मान्छे, चिन्दै छ रे
सुनिन्छ जतै सस्तोमा मान्छे, किन्दै छ रे ।।१।।
अशान्ति हाहाकार, शान्तिको महसुस कहिले
सुख पाउला कसैले मान्छे, छिन्दै छ रे ।।२।।
रोजी रोटीका निम्ति, शरिर पनि बेचिदिन्छन्
केही विकल्प सोच्दैनन् मान्छे, भिन्दै छ रे ।।३।।
देखावटी हासोमा मुस्कुराई, पीडा सबै लुकाई
गहभरि आसु बोकी मान्छे, हिन्दै छ रे ।।४।।
शक्तिशाली बलवान कहलिने, तछाड मछाडमा
बिर्सिए गाउँबेसीमा जातो मान्छे, पिन्दै छ रे ।।५।।
दिवाकर भट्टराई
दमौली, तनहुँ
