Skip to content

मनगन्ते कुरामा भुलाउने

  • by


मनगन्ते कुरामा भुलाउने, बानी मान्छेको
पराईको घुम्टोमा लुटुमुटी, जानी मान्छेको

मायाकै भरमा खान पाइन्न, कसैले भन्थे
साथ पाइन् कि दोबाटोमा, दानी मान्छेको

चुलाचप्को सम्हान्नु पर्ने,चलन जतासुकै
कठै बरा भन्छ कस्ले, सानी मान्छेको

सानो हल्ला चल्नै हुन्न, चौतर्फी फैलिहाल्छ
दोषको भारी नथुप्र्याउन् बरै, ज्ञानी मान्छेको

छोडे पनि चाहन्न ममताको, आँचल भुल्नलाई
मुर्ख छ र सामीप्यता छोड्न, रानी मान्छेको

© τhε-ωάκαr ΒHατταrαι
╰╮© दिवाकर भट्टराई╰╮

Leave a Reply

Your email address will not be published. Required fields are marked *