Skip to content

दोहोरो प्रेममा बाचेका

  • by


दोहोरो प्रेममा बाचेका, छुटेर कहाँ जानु
त्याग सबैजसो अहंकार, फुटेर कहाँ जानु

प्रेमीको भूमिकामा नजर, जुधाउनु कति
निश्चित स्वार्थ लिई, लुटेर कहाँ जानु

घृणामा नि बाँच्न सक्छु, धेरै थोरै अझै
प्रेमको नाटक गरी, कुटेर कहाँ जानु

व्यार्थै मर्माहत भैदिएछु, रिसाएको बेला
आज अचानक दिमाग, भुटेर कहाँ जानु

अन्तिम सेर:-
सपनाको संसार बुन्ने, कलिला आशाहरू
भताभुङ्ग पर्नेसँग, जुटेर कहाँ जानु

© दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *