तिम्रो यादमा रातैभरि कोल्टे फेर्दैछु
तिम्रै माया दिलमा सजाई फोटो हेर्दैछु
कस्तो रै’छ भाग्य हाम्रो बिछोडिएर जिउनु पर्ने
मनको प्यास मनमै राखी आसुँ मात्रै पिउनु पर्ने
तिमी पनि मेरै यादमा तड्पी-तड्पी बस्दै हौली
सुस्त सुस्त बितेका ती अतितमा खस्दै हौली
कस्तो हाम्रो भाग्य रैछ बाँच्नुपर्ने एक्लाएक्लै
एउटै मुटु चिरा पारी साँच्नुपर्ने बेग्लाबेग्लै
मिलन हुने दिन गन्दै जाने भयो जवानी
अधुरै पो रहन्छ कि हाम्रो प्रेम कहानी
तिम्रो यादमा रातैभरि कोल्टे फेर्दैछु
तिम्रै माया दिलमा सजाई फोटो हेर्दैछु
केशब लामा क्षितिज
