Skip to content

ब्याजको के कुरा

  • by


ब्याजको के कुरा तिम्ले देको ऋण काफी छ
माया लाउन वर्षौं हैन एक दिन काफी छ

स्वार्थमा लिप्त भई दिएको माया भन्दा
निस्वार्थ नै सही बरु तिम्रो घिन काफी छ

उपेक्षामा जीवनभरी बाँच्नुभन्दा त
ईज्जत र सम्मानको एक्छिन काफी छ

सो गरें उसो गरें जताउनु भन्दा
पत्तै नदिई भगवानसँगको लीन काफी छ

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *