रोक्दा रोक्दै तिम्ले मलाई लछारेर गयौ आज
जिन्दगीको माझधारमा पछारेर गयौ आज
बिल्कुल म स्वार्थी हैन तिम्रै खुशी चाहेको थें
सम्झाउँदा उल्टै मलाई झपारेर गयौ आज
मैले नजानेर हो कि, तिम्ले कुरो नबुझेको
मेरा हरेक शब्दहरू नकारेर गयौ आज
चिरिएको मनलाई जसो तसो सिउदैं थिएँ
सिउँदा सिउँदै तिम्ले फेरि उधारेर गयौ आज
सारा गल्ती तिम्रै थियो सोध्नु मेरो भुल भएछ
त्यसैले त होला तिम्ले सरापेर गयौ आज
बसन्त दहाल (सहयोगी)
गोदक – ४, ईलाम
हाल: दक्षिण कोरिया

Good
Nice Bashanta Dahal jee !