उनको मेरो भित्री कथा, बोल्यो कसैले
पिरतीको नसामा जहर, घोल्यो कसैले
ओठमा मुस्कान, हृदयमा पीडा बोकी
चित्कार यथार्थतामा, खोल्यो कसैले
आंग सिरिङ्ग, रहर छचल्किएपछि
इज्यतको तराजुमा, तोल्यो कसैले
कर्मको फल भोग्नुपर्ने, मानवको चोला
रापिलो घाममा जस्तै, पोल्यो कसैले
पश्चाताप ठानी ऋण, चुकाउछ मान्छे
अवमूल्यन बस्तुलाई, मोल्यो कसैले
© τhε-ωάκαr ΒHατταrαι
╰╮© दिवाकर भट्टराई╰╮
दमौली, तनहुँ
