Skip to content

आजभन्दा भोलिभन्दा घर जाने

  • by


आजभन्दा भोलिभन्दा घर जाने दिन आ’छ
उन्को लागि न्यानो माया सँगै लाने दिन आ’छ

उन्कै लागि के के किनें हेर्दैछु म हिजोदेखि
कोशेली यो लान पोको पन्तुर बान्ने दिन आ’छ

धेरै भयो तातो भात उनीसँगै नखाएको
एकै थाल्मा उनीसँगै खाना खाने दिन आ’छ

को आफ्नो को पराई सबै छुट्याई अब
सहयात्रा गर्नेलाई आफ्नो मान्ने दिन आ’छ

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *