अंधकार त्याग्नै पर्छ प्रकाशमा आऊ प्रिया
स्वच्छभाव स्वच्छ राग मीठो गीत गाऊ प्रिया
संरक्षण सबको लागि मानिसबाटै हुनु पर्छ
अन्तरयामी बनी धामी व्यथा पत्तालाऊ प्रिया
नभ तल पृथिवीका आफ्नै आफ्नै संरचना
अमिल्दो छ वातावरण सक्छौ भने दाऊ प्रिया
हावा आउँछ उडाउँछ गुडाउँछ धुलो सबै
प्रकृतिको संरचना रम्य गरी छाऊ प्रिया
गुम्सिनगो यो संसार वातावरण विग्रो हेर
शुद्धवायु दीर्घआयु पाउनु छ, पाऊ प्रिया
