चमत्कारी विज्ञानलाई बनाउछ मान्छे
फेरि उही बिज्ञानले सताउछ मान्छे
ढुङ्गा झर्छ हावा उड्छ पानी बग्छ किन
सबै चासो समाधान गराउछ मान्छे
युग हो यो शास्त्र भन्थ्यो शताब्दी भो अहिले
लौ हेर्नुस समयालाई नचाउछ मान्छे
आकाश हेर्दै तोलाउथ्यो चन्द्रमा मै टेक्यो
तारा छुने फेरि रहर चलाउछ मान्छे
रङ्ग रातो लुगाफाटो देख्दा के हो भन्ने
रंगी चंगी आज लुगा लगाउछ मान्छे
रमेश प्रसाद अर्याल (स्याङ्जालि रमेश)
अर्जुनचौपारी ४
हाल-मरुभूमिको छातीबाट
