Skip to content

पानी है पर्‍यो ए कान्छा

  • by


पानी है पर्‍यो ए कान्छा लौ कम्मरै कस न
थकाई लागे नजिकै आई आलीमा बस न

कुलो है लगाई पानी त्यो भरी माटोलाई सम्याऊ
रोप्नलाई धान बाउसे है गरी माटोलाई सम्याऊ
ए दिदी अब धान त्यो रोप्न हिलोमा पस न
पानी है पर्‍यो ए कान्छा लौ कम्मरै कस न
थकाई लागे नजिकै आई आलीमा बस न

माटोमा सँगै फतक्कै गल्छ पसिना त्यो तिम्रो
असारमा रोप्यौ मंसिरमा फल्छ पसिना त्यो तिम्रो
धर्तीको माटो आमा हो ठानी निधारमा घस न
पानी है पर्‍यो ए कान्छा लौ कम्मरै कस न
थकाई लागे नजिकै आई आलीमा बस न ।

बिना तामाङ’सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *