Skip to content

क्वान्टम कविता

  • by


जीवन कोलाइडरमा
छेदित / विच्छेदित
सृष्टिकर्ताको एक कण

म –

संसारको रंगमंचमा
पात्र-दर्शक-निर्देशक बनेर
अपरिमित दृश्यहरू खेलिरहेछु

द्वैध पर्दाहरूमा :
रंग र सुवासको एउटा समीकरण > सौन्दर्यको नाममा –
फूलहरू फूलिरहेछन् /फक्रिरहेछन्
फूलहरू चुंडिएका छन् /झरिरहेका छन्
….. ….. ….. ….. …..
गति र स्पेसको एउटा मिलन >विचरणको नाममा –
चराहरू चरिरहेका छन् / उडिरहेका छन्
चराहरू झरिरहेका छन् / निशानामा छन्
….. ….. ….. ….. …..
उर्जा र आकारको जम्कोभेट > द्रव्यको नाममा
नदीनाला बगिरहेका छन् / जमिरहेका छन्
नदीनाला छेकिएका छन् / सुकिरहेका छन्
….. ….. ….. ….. …..
स्वर र भावनाको सिन्तेज > संगीत वा धुनको नाममा
बाँसुरीहरू ब्यूँझेका छन् / बजिरहेका छन्
बाँसुरीहरू मौन छन् / फुटिरहेका छन्
….. ….. ….. ….. …..

य-

सरि …..

स्वेत-दूलोबाट –
केही निस्किरहेका छन्

कृष्ण-दूलोभित्र
केही हराइरहेका छन्
…..
यो नित्य परिवर्तन
अभिव्यंजना मान्छेको
“जीवन –
एम्बुस छल्दै गरेको अस्तित्वलाई
भोगाइले बर्साउने मीठो चुम्बन रहेछ
भोगाइले लुट्ने जंगली संसर्ग रहेछ ” !

Dr. M.Madhurya (c) June23, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *