Skip to content

भाग्यमानी रैछौ सरु (सवाल-जवाफ)

  • by


भाग्यमानी रैछौ सानु ठुलै घरमा परिछौ रे
सँगै ज्युँछु मर्छु भन्थ्यौ आज बिहे गरिछौ रे ।

झुप्रो प्यारो तिम्रो घरको चुहिने छानो भए पनि
भनने हिजो तिमी नै हौ महलमा सरिछौ रे ।

डोली चढ्दा कस्ती भैछौ अन्तिम पटक हेर्छु भन्दै
खोला वारी बाटो कुर्दा पारी पुल तरिछौ रे ।

वाचा कसम हजार थिए साथमा तिम्रो चिनो मैले
फिर्ता गर्छु भन्दै जाँदा बेँसीबाटै झरिछौ रे ।

मलाई ज्युदै जलाएर पराईलाई साथ दिदै
मेरै अस्तु सिँन्दुर बनाई सिँउदो तिम्ले भरिछौ रे ।

भरतपुर-१३, गजलकुन्ज चितवन

जवाफ – सरस्वती न्यौपाने

गर्दिनथे मैले बिहे बाध्यतामा परे कान्छा
वचनमा हार्दा आज, आफैँभित्र मरे कान्छा ।

भगाएर लैजाउ भन्दा आँट गर्न सकेनौ खै
पराईको सिँदुर लगाई अन्तै बिहे गरे कान्छा ।

घुम्टो बाट चिहाई हेरे देख्छु कि त तिम्लाई भनी
अन्तिम चोटी भेट्छु भन्दै डोली बाटै झरे कान्छा ।

तिम्रो माया मेरो संसार दैव लाग्यो हामीमाथि
महलभित्र खुशी छैन चिहानमै सरे कान्छा ।

खुशी अनि सपनासँगै म पनि त जल्दा आखिर
आफ्नै अस्तु आज आफै सिँदुर बनाई भरे कान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *