Skip to content

ks

तीन दशकपछिका काइँला

  • by

कवि वैरागी काइँला पछिल्लो समयमा कविताको सैद्धान्तिक-दार्शनिक पक्ष भन्दा समय-परिस्थितिसँग बढी एकाकार देखिन्छन्।

हीरा साहू र दन्तलाल वकिल

  • by

मैले बर्सौदेखि निहाली रहेको छु, त्यो गल्लीका मानिसहरू उस्तै छन् । पुरानो गल्ली, सबै संरचना उस्तै । घरहरूको बनावट उस्तै, मान्छेको जीवन स्तर उस्तै ।

ज्यापू बस्तीका मान्छेहरू केही मरेर गए, केही बिहेवारी गरी गए । बिहे गरी जाने र स्वर्गतिर उकालो लाग्ने जतिकै संख्यामा जन्मिएका पनि छन् । तर तीस वर्ष अगाडिको परिवेश र अहिलेको परिवेशमा केही अन्तर छैन ।

फेरि पनि उही बाटो आउँछ्यौ कि भनी

  • by

फेरि पनि उही बाटो आउँछ्यौ कि भनी
अबेरसम्म पर्खिएँ तारा गनी-गनी

मुस्कानमा गुराँसको लाली फिजाउँदै
आकाशमा बोलाउँथी मलाई चाँदनी

ParbatiShahi

अन्तरमनको चित्कार

  • by

कुरीति र कुसंस्कारको सीमित चौहोरा भित्र निस्कासिँदै उदेकको जीवन घिसारी रहेका हामी नेपाली नारीहरू । जिन्दगीको रंगमञ्चका पात्र हामी, एउटा निस्सार नाटकका दर्शक हामी । जीवन भोगाईको विचित्र नाटकमा कहाँ के हुदैन ? त्यसप्रति हामी अनभिज्ञ छौं । उक्त नाटकका मुक दर्शक हामी खाली ताली मात्रै बजाई रहन्छौं । हामी रंगमञ्चको पर्दा खस्दा पनि ताली बजाई रहेका हुन्छौं भने पर्दा उघ्रिदा त झन बेजोडको तालले हात पिटीपिटी ताली बजाई रहेका हुन्छौं ।

छन्दमा लेख्न रहर भएर मात्रै हुँदैन – रमेश खकुरेल

  • by

कवि रमेश खकुरेल नेपाली छन्दवादी कविता लेखनको क्षेत्रमा सम्मानित नाम हो । अचेल छन्दमा कविता लेख्ने कविहरूको सङ्ख्या र उपस्थिति त्यतिविघ्न उत्साहप्रद देखिँदैन ।

यात्रा

  • by

चक्रपथको छातीमा सयौँ गाडीहरू घिस्रन्छन् । त्यस्ता यात्रुहरू सायदै भेटिन्छन्, जसले नयाँ र सुविधाजनक गाडी चढ्न पाएको अनुभव गरेका होऊन् ।

पूर्वीय नाट्यसिद्धान्त र सहनशीला सुशीला

  • by

काठमाडौँको मध्यमवर्गीय परिवारमा जन्मिएका उनको कलमबाट प्रवाहित साहित्य सरिताको लहरले नेपाली साहित्यका विधा हराभरा भएका छन् ।

मान्छेको छाउरो

  • by

तातोपानी तताएर उसले त्यसलाई नुहाइदिन्छ । जस्तोतस्तो होइन, उच्चस्तरको स्याम्पु लगाएर मलीमली नुहाइदिएर सफा रुमालले पुछिदिन्छ ।

नारी उपन्यासकार केन्द्रीत समालोचना

  • by

नेपाली साहित्यमा नारी साहित्यकारहरूको कमी भएको सन्दर्भमा बेलाबेलामा टीका-टिप्पणीहरू हुँदै आएका छन् ।

देश डुबाउने प्रवृत्तिको विरोध

  • by

कवि छविरमण सिलवालद्वारा पछिल्लो समयमा लिखित तीसवटा कविताहरूको सङ्ग्रह हो, मनको शिविरबाट ।

काव्यमा खगोल-यात्रा

  • by

कवि भुवनहरि सिग्देलको टतारा नखस्नु तिमी भिन्नखालको, रोमाञ्चक, नवीन खगोल यात्राकाव्य हो । यसले सिग्देललाई महाकाव्य, खण्डकाव्य, नव्यकाव्य र कवितासङ्ग्रहसमेत एक दर्जन काव्य कृतिका स्रष्टा बनाइदिएको छ ।

आदर्शवादी सोचका कमजोर कथाहरू

  • by

कृष्ण पहाडी मानवअधिकार र नागरिक समाजका अगुवा नेता हुन् । उनले नेपाली राजनीतिको रूपान्तरणमा पुर्‍याएको योगदान र समर्पणको सधैँ समाजले सम्मान पनि गर्नेछ ।

पठनीय नियात्रा कृति

  • by

लेख्नु आफैँमा ठूलो कुरो हो तर जब आफूले लेखेका कुरालाई लक्षित पाठकको पहँुचसम्म पुर्‍याउन सकिएन भने त्यो लेखाइको औचित्य मन बुझाउनुमा मात्र सीमित हुन्छ ।

रेणुकाको फरकखाले सगरमाथा

  • by

गजल लेखनको पछिल्लो छिमलमा सशक्त हस्ताक्षरका रूपमा देखापरेकी गजलकार हुन् रेणुका थापा ‘सोलु’ । उनै गजलकारले आफ्नो पुस्तकाकृतिको उपस्थिति देर्खाएकी छिन् । अवसरको सगरमाथा (२०६८) मार्फत् ।

पृथ्वी शेरचनका तीन कृति

  • by

सिद्धार्थनगर-१३, रूपन्देहीका स्रष्टा पृथ्वी शेरचनले एकैसाथ तीन कृति प्रकाशित गरेका छन् । भीमखोला बहुलाउँदा (नाटक), चीन भ्रमणको डायरी र सोभियत युनियन र बलगेरिया भ्रमणको डायरी (दुई नियात्रासङ्ग्रह) स्रष्टा शेरचनका प्रकाशित कृति हुन् ।

महाकवि देवकोटाका डाक्टर

  • by

काठमाडौँको पुरानो चाबहिल चोकमा उहाँको हजुरबुबाको ठूलो वैद्य पसल थियो । पुरानो चाबहिल अर्थात् गणेशस्थानको तेर्सो । राजवैद्य कुल भएकाले मानमनितो नै बेग्लै थियो ।