ks
हीरा साहू र दन्तलाल वकिल
मैले बर्सौदेखि निहाली रहेको छु, त्यो गल्लीका मानिसहरू उस्तै छन् । पुरानो गल्ली, सबै संरचना उस्तै । घरहरूको बनावट उस्तै, मान्छेको जीवन स्तर उस्तै ।
ज्यापू बस्तीका मान्छेहरू केही मरेर गए, केही बिहेवारी गरी गए । बिहे गरी जाने र स्वर्गतिर उकालो लाग्ने जतिकै संख्यामा जन्मिएका पनि छन् । तर तीस वर्ष अगाडिको परिवेश र अहिलेको परिवेशमा केही अन्तर छैन ।
अन्तरमनको चित्कार
कुरीति र कुसंस्कारको सीमित चौहोरा भित्र निस्कासिँदै उदेकको जीवन घिसारी रहेका हामी नेपाली नारीहरू । जिन्दगीको रंगमञ्चका पात्र हामी, एउटा निस्सार नाटकका दर्शक हामी । जीवन भोगाईको विचित्र नाटकमा कहाँ के हुदैन ? त्यसप्रति हामी अनभिज्ञ छौं । उक्त नाटकका मुक दर्शक हामी खाली ताली मात्रै बजाई रहन्छौं । हामी रंगमञ्चको पर्दा खस्दा पनि ताली बजाई रहेका हुन्छौं भने पर्दा उघ्रिदा त झन बेजोडको तालले हात पिटीपिटी ताली बजाई रहेका हुन्छौं ।

फेरि पनि उही बाटो आउँछ्यौ कि भनी
फुल्न सकिन बसन्त अन्तै सरेको कारण