बिरानो भो दिलको बस्ती दिलको नाता टुटेपछि
मेरो आँसु भेरी बन्यो तिमीसँग छुटेपछि ।
मनको डिल भत्किएर छेउमै आँसु ताल बन्दा
थाहै पाइनँ निष्ठुरीले मुटुनिरै तीर हान्दा
जताततै छरिएँ म हातको ऐना फुटेपछि
मेरो आँसु भेरी बन्यो तिमीसँग छुटेपछि ।
उर्लिएर बग्यो आँसु आँसुसँगै बगेँ आफैँ
तिम्रो माया अल्झिरहृयो परेलीमा अझ कतै
आफ्नो भन्नु मुटु थियो त्यही मुटु लुटेपछि
मेरो आँसु भेरी बन्यो तिमीसँग छुटेपछि ।
पोखरा
मधुपर्क २०६८ चैत्र
