माया साट्ने वाचा गर्दा मन दुख्ने मान्छिन् उनी,
मेरो माया अछुत छैन किन यस्तो ठान्छिन् उनी,
घाउहरू त चहराउँछन् प्रेम विछोड हुँदा खेरी,
आफु दुख्दा मैले हाँसे अति मिठो मान्छिन् उनी ।
मेरो माया अछुत छैन किन यस्तो ठान्छिन् उनी,
बैराग लाग्छ कुरा उनको कस्तो माया गाँस्न पुगें
कुरा गर्दा मुटु खोली, आफै झुठी मान्छिन् उनी,
मेरो माया अछुत छैन किन यस्तो ठान्छिन् उनी,
स्वर्ग मत्र्य जहाँ जाउँ भेट् आउने कुरा गर्दा
तिमी बाँच मेरो छोड, मेरै चिन्ता मान्छिन् उनी
मेरो माया अछुत छैन किन यस्तो ठान्छिन् उनी,
मुटु भित्र माया राखी मुखले अर्कै तर्क गर्छिन्,
तिमी मेरो हुदै हुन्नौ भन्ने विश्वास मान्छिन् उनी
मेरो माया अछुत छैन किन यस्तो ठान्छिन् उनी,
सुरज गिरी
कावासोती, नवलपरासी