जानी जानी वचनले कसैलाई नमारौँ हजुर
फूल फुल्न नपाउँदै कोपिलामै नझारौँ हजुर
छातीभित्र चोट लाग्दा दुख्ने मुटु सबैको हुन्छ है
मायाँ फुल्ने बगैँचामा घृणालाई नसारौँ हजुर
समाजको सेवा गर्दै साँचो मान्छे भएर बाँच्नु छ
जिन्दगीमा त्यस्तो मौका कसै गरी नटारौँ हजुर
अजम्बरी कोही छैनौं एक दिन छोड्नु छ संसार
आफ्नो निम्ति अरुलाई भड्खारोमा नपारौँ हजुर
जीवनको संघर्समा निरन्तर लड्नुत छँदैछ
लड्दा लड्दै मैदानमा हिम्मत चैँ नहारौं हजुर
रचना : लक्ष्मी पोखरेल
काठमाडौं, कपन
हाल, इज्रायल
