(१)
घामको दिन जूनको रात, फरक-फरक कुरा ।
फुल्ने फूल नफुल्ने झारपात, फरक-फरक कुरा ।
त्यहाँ बसी किन तिमी गर्छौ विलौना ?
मानवलॊक र मसानघाट, फरक-फरक कुरा ॥
(२)
टुट्यो नाता एउटा कथा बन्यो ।
हरपल मुटु बिझाउने व्यथा बन्यो ।
र पनि बिर्सी जाने उही निष्ठुरीकै,
सम्झना मनमा अथाह बन्यो ॥
(३)
मिलनको उमंग, छर्ने कहिले होला ?
अंग-अंग स्पर्श, गर्ने कहिले होला ?
पर्खाइको वाचामा बित्दैछ दिनहरु,
त्यो सिउँदोमा सिन्दुर, भर्ने कहिले होला ??
पारखी माइला तामाङ
डाढीगुराँसे गाविस- ८,
संगमभन्ज्याङ, सिन्धुली ।
