Skip to content

कोरोना भागी जा, फुँ मन्तर !


कोभिड १९ को नाउँमा
क्वारेन्टाइनमा राखेका छन्
मृत्युका लस्करहरू
अनि उस्तै सतर्कता अपनाएर
बढेका छन्
कमिसनका तस्करहरू
होसियार हुनु है, निर्धन जनता हो ।

ब्यार्थैमा
जिउ धन जाला !
पैसाले जिउ स्वास किनिदैन
घुस खाने कमिस्नरले
आफ्नो मान्छे चिन्दैन
कोरोना-१९ भाइरसले झन्
कसैलाई चिन्दै चिन्दैनन ।

हामी हुँदा खाने
लक डाउनले भोकमारी
निम्त्याएको छ
क्वारेन्टाइनले झन् जेल
भन्दा पनि खतरनाक छ
किनकि,
नहुनेहरुको लक डाउन
क्वारेन्टाइन मृत्युको लस्कर हो
अवसरवादीहरुको बयस्कर हो ।
त्यसैले,
सकेसम्म
जीवन बाँच्नको लागि
सावधान अपनाउदै जाऊ
आफू बाँची अरुलाई पनि बचाउ ।
कोरोना भागी जा, तस्करी मरि जा
फुँ- मन्तर … ।

२०७७ जेठ २७ मंगलबार ।
डम्बर धिमाल
राजदोङ्ये, नपा.उर्लाबारी-
मोरङ दुर्गापुरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *