Skip to content

देशको नक्सा


बाहिर निस्केका
छेउ, कुना, र टुप्पाहरू
प्रत्येक वर्ष
भित्र खुम्चन्दै जान्छ ।
स्कुले बालक प्रत्येक
वर्ष नक्सा बनाउँछ,
आफ्नो देशको ।
शिक्षकले सधैं परीक्षामा
उसले बनाएको
नक्सा
सच्याउन सचेत गर्छ।
उसले कहिल्यै जानेन
आफ्नो देशको नक्सा
बनाउन ।

अरुण सापकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *