Skip to content

बाध्यताका साइरनहरू
कर्कश ध्वनि निकाल्दै
सडकमा हुइँकिदा
अल्प मनुष्यहरुद्वारा सृजित
धुलो धुवाँले आहत भएको,

वायुमण्डलमा
कार्वनडाइअक्साइडको तुवाँलोले
धुमिल च्यादर ओछ्याउदा
गिद्द पनि निस्फिक्री
उड्न पाउदैनन यहाँ ।

शहरका अथाह ढल
नदीमा प्रबाहित गराउदै
बागमती, विष्णुमती सफाइ अभियान चलाउदा
टुकुचा होस कि पशुपति
चेपागाडा समेत चलमलाउन पाउदैनन् यहाँ ।

कथा व्यथा रोदन क्रन्दन
छरपस्ट वरिपरि
संघर्ष अवसर
तानातान हानाहान
जिन्दावाद ! मुर्दावाद !
अब त मलाई लाग्छ
आर्तहरुको शहर हो यो
राजधानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *