Skip to content

ब्राण्डेड माया

  • by
RamYonjan

पटकपटक सपनीमा तिमीलाई भेट्ने गर्छु
गुम्सिएका मनका कुरा त्यही भेटमा साट्छु
नजिक हुन खोज्छु तर तिमी टाढा भाग्छौ
आफ्नै ठान्छु तर तिमी पराई झै लाग्छौ

ग्रिनकार्डसँग माया साट्ने मायालुको के दाम
दुइदिनको रामछाँया हौं आस गरेर के काम
तिमीसँग नजिक हुन छल गरेको छैन
फाइभस्टार मायालुको आश गरेकै छैन

जन्तरमन्तर टुनामुना केही लाएको हैन
ब्राण्डेड माया लोकलबाट सम्भव हुने हैन
भिर, पाखा, पखेरोकै माया रैछ साँचो
कस्मेटिक मायालुको हाँसो रैछ पासो

  • राम योञ्जन
    पोखरे, भोजपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *