के तिमीलाई पनि यस्तै हुन्छ र ?
कहिलेकाहीं एकान्तमा आँखा रसाए झैँ
कसैले दुख दिएर पनि सपनीमा आई हँसाए झैँ
के तिमीलाई पनि यस्तै हुन्छ र ?
कसैले जानी नजानी आफूलाई मनभित्र बसाए झैँ
घरिघरि आँखा अगाडि आई सताए झैँ
के तिमीलाई पनि यस्तै हुन्छ र ?
कतै एकनास हेर्दा हेर्दै टोलाए झैँ
मनको आवाजले कसैले आफैंलाई नै बोलाए झैँ
के तिमीलाई पनि यस्तै हुन्छ र ?
बिना अर्थ आफै नै मुस्कुराए झैँ
हराएर पनि केही पाए झैँ
के तिमीलाई पनि यस्तै हुन्छ र ?

TOO ALL VIEWER
PLEASE DO ANS THIS IN THE POETRIC WAY