Skip to content


जे भए नि होस् भित्र खोल राम्रो भए हुन्छ यहाँ
यस्तै छ संसारको हाल मित्र समूह हाम्रो भए हुन्छ यहाँ ।

योग्यताको कदर हुन्न चाप्लुसी गर्न सके हुन्छ यहाँ
झुठो कुरा बदर हुन्न साँचो रुन्छ यहाँ ।

समुद्रमा आगो लाग्यो भने साँचो हुन्छ यहाँ
हत्या हिँसा आतङ्क त कहिले खाँचो हुन्छ यहाँ ।

अपराधी हाँसिरहन्छ सिधा साधा रुन्छ यहाँ
मान्छे ठग्न नजाने त लाजै मर्नु हुन्छ यहाँ ।

साँचो व्यवहर गर्ने भए नआए नि हुन्छ यहाँ
राम्रो काम गर्छु भन्ने धुरु-धुरु रुन्छ यहाँ

वास्तविक कुरा गर्ने आफै पङ्गु हुन्छ यहाँ
सत्यवादी युधिष्ठिरको कुरा कस्ले सुन्छ यहाँ ।

सही निसाफ हुँदै हुन्न जे गरे नि हुन्छ यहाँ
शक्ति भए जो सुकैले जे गरे नि हुन्छ यहाँ
गर्न सके जो सुकैले जे गरे नि हुन्छ यहाँ ।।

चेतनारायण लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *