Skip to content

जिन्दगानी


के लेखौँ जिन्दगानी, ओइलाएको फूल भयो
हेर्दा हेर्दै जिन्दगानी, आफ्नै आँखाको धुल भयो ।

चुप् चाप सही बाच्नुपर्ने, पुतलीको खेल भयो
के लेखौँ जिन्दगानी, आफैँलाई झेल भयो ।

लाज पचाई कुल्ची हिंड्ने, स्वार्थीपनको नेम् भयो
के लेखौँ जिन्दगानी, हार जितको गेम् भयो ।

मानवताको कदर छैन, पैसाको मात्रै चासो भयो
के लेखौँ जिन्दगानी, आँफैलाई पासो भयो ।

ज्युदो लाश भै बाच्नु पर्ने, अर्थहिन जीवन भयो
के लेखौँ जिन्दगानी, हुरी माझको दिप भयो ।

http://www.facebook.com/groups/139251406156007/

3 thoughts on “जिन्दगानी”

  1. जिन्दगी को बारे मा केइ लेख्न
    जिन्दगी को बारे मा केइ लेख्न मन लगेको छ …..

  2. Welcome to Majheri.com Paasa.
    Welcome to Majheri.com Paasa. Balla hajur ko lekh haru herna ra padna paune bhaye. Suruwat Jindagani bata.

Leave a Reply

Your email address will not be published. Required fields are marked *