सडकको पेटीमा बसेर
बर्सेदेखि खोजी गरिरहेछ स्वतन्त्र पहिचान
मानव अस्तित्वको
खोजी गरिरहेछ प्रयोशालाभरि
सतल भूगोल अनि
सांस्कृतिक अस्तित्व त्यो जिउदो ऐतिहासको श्रीजंझा, इमंसिंग
अनि ओझेल परेका लाल्शोर अनि योद्दा कंग्सोरेसँगै
यलम्बरको पुरुस्वथार्य लडिरहेछ
धनुष र खुकुरी सग
तुंगना र मुचुन्गाको धूनसँगै
छम-छम नाच्दै
सभ्यताको वीर योद्दाहरू
बैचानी सुन्नामीसँग
आस्थाको सडक काधमा बोकेर स्वाभिमान कुल्चँदै
कुरूप उमागा लिएर
अनवरत चक्रसँगै ।
ताप्लेजुंग हाल:धरान